कोरोना भाइरस नेपालः थप १२ सय ५५ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु
DAILY DIGEST (Click here to view daily digest)

कोरोना भाइरस नेपालः थप १२ सय ५५ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु

bbc.com . २ महीना अघि

नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण जनाएको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ।

अहिले थप सङ्क्रमित भेटिएपछि देशभरि निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या १७,९०९ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार आइतवारसम्म नेपालमा १,४७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कति जना निको भए?

मन्त्रालयले आइतवार अपराह्ण प्रकाशित गरेको विवरणमा गत २४ घण्टाको अवधिमा थप १,४०४ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल दुई लाख भन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

के हो?

वास्तवमा के हो कोरोनाभाइरस

कसरी जोगिने?

सङ्क्रमण हुनबाट कसरी जोगिने

के हुन्छ?

सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ

भिडिओ:

नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

भिडिओ:

फोन यसरी सफा गर्नुपर्छ

के जान्नै पर्छ?

कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.