ब्लू ह्वेल: आफू बसेको टापुबाट लगभग लोप भएका ह्वेलहरू किन फर्किए
DAILY DIGEST (Click here to view daily digest)

ब्लू ह्वेल: आफू बसेको टापुबाट लगभग लोप भएका ह्वेलहरू किन फर्किए

bbc.com . २ महीना अघि

बैज्ञानिकहरूले साउथ जर्जियाको टापुमा नीलो ह्वेलहरू देखा परेको घटना वास्तविक रहेको र त्यो सम्भवत: केही समययता जारी रहेको हुनसक्ने बताएका छन्।

ब्रिटेनको देशबाहिरको भूभाग मध्ये एक रहेको उक्त टापुमा यसै वर्षको शुरूमा गरिएको सर्वेक्षणमा ५८ वटा व्हेलहरू देखा परेका थिए।

त्यसलाई शुरूमा आश्चर्यजनक भनिएको थियो किनभने त्यसअघि एकदमै कम सङ्ख्यामा मात्रै ह्वेलहरू देखा परेका थिए।

तर ३० वर्षको तथ्याङ्कको पुनर्मूल्याङ्कनले ह्वेलहरूको भिड अस्वाभाविक रूपमा वृद्धि नभएको देखाएको छ।

त्यसले सब एन्टार्क्टिक टापु नजिकैको समुद्री क्षेत्रमा उनीहरूको पुन: आगमन भइरहेको सङ्केत दिएको बताइन्छ।

बीसौँ शताब्दीको शुरूमा दक्षिण जर्जिया व्यावसायिक ह्वेल शिकारको केन्द्रविन्दु रहेको थियो।

ह्वेलहरूको उसबेलाको सम्हार

भाला जस्तो हतियारको चुच्चोमा ग्रिनेड राखेर बाफबाट चल्ने डुङ्गाको प्रयोग गरी त्यहाँका लगभग सबै ठूला ह्वेलहरू नष्ट गरिएका थिए।

सबैभन्दा बढी शिकार गरिएको एउटा वर्षमा तीन हजार ब्लू ह्वेलहरू मारिएका थिए।

त्यसबेला व्यापक शिकार गरिएका एलिफेन्ट शील जस्ता समुद्री जीव केही समयपछि नै देखा पर्न थालेपनि मुलत: ब्लू ह्वेल देखा परिरहेको थिएन्।

व्यवसायिक शिकार समाप्त भएपछि पनि यी जनावरहरू नदेखिदाँ कतिपय विज्ञहरूले साउथ जर्जियामा अब उनीहरू उल्लेख्य सङ्ख्यामा देखा पर्नेमा आशङ्का व्यक्त गरिरहेका थिए।

शार्कले श्रीमतीलाई लुछ्न थालेपछि एक व्यक्ति यसरी जाइ लागे...

चीनले वन्यजन्तुको मासुमाथि प्रतिबन्ध लगायो, तर यसले काम नगर्न सक्छ

उक्त पुनर्मुल्याङ्कनको नेतृत्व गरेकी सुजाना काल्डेरनले बीबीसी न्यूजसँग भनिन्, “त्यसलाई फेरि उस्तै स्थितिमा पुर्‍याउन नसक्ने गरी कसरी कुनै निश्चित जनसङ्ख्यालाई नष्ट गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा हेर्ने गरिएको थियो।”

उनले जनसङ्ख्या समाप्त पारिएसँगै साउथ जर्जिया सम्बन्धी आफ्ना सम्झनाहरू ब्लू ह्वेलहरूले गुमाएको हुनसक्ने बताइन्।

उक्त भूभाग तीव्र करेन्ट सहित एन्टार्टिकबाट आहारा आउने मार्गमा पर्दछ। ह्वेलहरूले एकदमै मनपराउने साना क्रीलहरू त्यहाँ पाइने गर्छ।

व्यावसायिक रूपमा शिकार गरिएका कारण एकाध ह्वेलहरूमात्रै बाँकी रहेकाले भावी पुस्तामा उक्त टापुमा पाइने आहराबारेको ज्ञान पुग्न नसकेको हुनसक्ने विज्ञहरू बताउँछन्।

सुसाना भन्छिन्, “सम्भवत: उहिले उनीहरूले त्यो थाहा पाएका हुनसक्छन्। साउथ जर्जिया आहरा उत्पादनका लागि एकदमै राम्रो ठाउँ हो। यसको उत्पादनशिलतामा कहिल्यै केही भएको छैन। आहारा बाँकी नभएर त्यहाँ व्हेलहरू आउन छाडेका थिएनन्।“

वैज्ञानिकहरूले अवलोकनका क्रममा ३ दशक यता प्राप्त भएका तथ्याङ्क पनि अनुसन्धानका क्रममा विश्लेषण गरेका थिए। त्यसक्रममा अनुसन्धानकर्ताहरूले अघि बढाएका व्यवस्थित सर्वेक्षण बाहेक नौसैनिक जहाज र क्रुज पानीजहाजबाट दिइएका विवरणलाई पनि समावेश गरिएको थियो।

अनुसन्धानका क्रममा ब्लू ह्वेलहरूको आवाज पहिचान गर्न सक्ने पानी भित्र राखिएको सुन्ने यन्त्रबाट प्राप्त भएको तथ्याङ्कलाई पनि विश्लेषण गरिएको थियो।

चिन्ता

सबै सूचनाहरूले हालैका वर्षहरूमा उक्त टापुमा ब्लू ह्वेलहरूको सङ्ख्या बढेको देखाएको हो।

फेब्रुअरी महिनामा मात्रै ५८ वटा ब्लू ह्वेल देखिएको थियो जसलाई महत्वपूर्ण भनिएको छ। साउथ जर्जियामा सन् २०११ देखि २०२० भित्र ४१ वटा त्यस्ता ह्वेल देखा परेको तस्बिरहरूका आधारमा निर्क्यौल निकालिएको थियो।

सहअनुसन्धानकर्ता जेनिफर ज्याकसनका अनुसार शुरूमा सर्वेक्षण गर्दा त्यो ब्लू ह्वेलहरूमा केन्द्रित गर्ने सोचाइ थिएन।

“हामीले खासमा ह्वेलहरू हेरिरहेका थियौँ जब हामीले ब्लू ह्वेलहरू देख्यौ। मलाई लाग्छ यो आश्चर्यजनक प्रक्रिया होइन। हामीले आगामी वर्षहरूमा पनि नीला ह्वेलहरू देख्नेछौँ। हामीले उनीहरूले साउथ जर्जियाको समुद्र किन प्रयोग गरिरहेका छन् भनेर बुझ्नुपर्छ।”

ह्वेल वैज्ञानिकहरूले क्रुज जहाजहरूमाझ लोकप्रिय रहेका क्षेत्रमा बढी ह्वेलहरू देखिनुको कारण सहित अन्य विषयमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन्।

उनीहरूले उक्त समुद्री क्षेत्रमा रहेको चारकुना भएको ४२ सय वर्ग किलोमिटरमा फैलिएको विश्वको सर्वाधिक ठूलो बरफको टाकुरामा हुने गतिविधिलाई पनि नजिकबाट नियालिरहेका छन्।

सुसाना कालडेरन भन्छिन्, “साउथ जर्जिया मृत बरफको थुप्रोको घर जस्तै हो। उनीहरू त्यहाँ मर्नका लागि जानछन्। र यो निक्कै ठूलो छ”

“यसले उत्पादनशिलतामा कस्तो प्रभाव पार्छ? यसले क्रिल(ह्वेलको आहारा बन्ने सानो माछा) लाई कस्तो असर गर्छ? अनि त्यसले ह्वेललाई कस्तो प्रभाव पार्छ यी महत्त्वपूर्ण प्रश्नहरू हुन्।”

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.