अस्ट्रेलिया गर्मीः सिड्नीमा नोभेम्बरको रातमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन
DAILY DIGEST (Click here to view daily digest)

अस्ट्रेलिया गर्मीः सिड्नीमा नोभेम्बरको रातमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन

bbc.com . २ महीना अघि

गर्मी बढिरहेको बेला सिड्नीमा नोभेम्बर महिनाको रात्रिकालीन न्यूनतम तापक्रम सर्वाधिक मापन गरिएको छ।

अभिलेख राख्न थालिएयता पहिलो पटक अस्ट्रेलियाको उक्त महानगरमा रातिको तापक्रम २५.४ डिग्री सेल्सीअस पुगेको हो। आइतवार दिउँसो त्यहाँको तापक्रम ४० डिग्री सेल्सीअस पुग्ने पूर्वानुमान छ।

गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ।

सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको छ।

प्रचण्ड गर्मी

अब्जर्भेटरी हिलमा राति घटेर २५.४ सेल्सीअस पुगेको भए पनि बिहान ४:३० बजे नै तापक्रम ३० सेल्सीअस पुगिसकेको सिड्नी मोर्निङ हेरल्ड पत्रिकाले जनाएको छ।

अस्ट्रेलियामा इतिहासकै तातो दिन

अस्ट्रेलिया डढेलोको चपेटामा, प्रधानमन्त्री बिदा मनाउन विदेशमा

यसअघि सन् १९६७ मा अब्जर्भेटरी हिलमा नोभेम्बर महिनाको रात्रिकालीन तापक्रम २४.८ सेल्सीअस मापन गरिएको थियो।

सिड्नीमा प्रचण्ड गर्मी हुन थालेपछि मानिसहरू समुद्री तटमा भेला भएको देखिन्छ।

भिडभाड गर्दा कोरोनाभाइरस फैलिन सक्ने भएकाले राज्यको स्वास्थ्य विभागले मानिसहरूलाई भौतिक दूरीसम्बन्धी नियम पालना गर्न सचेत गराएको छ।

अस्ट्रेलियाको मौसम हेर्ने निकायले दक्षिणी न्यू साउथ वेल्स र दक्षिणपूर्वी क्वीन्सल्यान्डका केही भागमा पाँच-छ दिन प्रचण्ड गर्मी भई उष्ण लहर फैलिन सक्ने पूर्वानुमान गरेको छ।

आगोको डर

रुरल फायर सर्भिसले पनि न्यू साउथ वेल्स राज्यका पूर्वी र पूर्वोत्तर क्षेत्रहरूमा आगलागी हुनसक्ने चेतावनी दिएको छ।

अहिले उक्त राज्यका ४५ वटाजति स्थानमा डढेलो लागेको पत्ता लागेको छ। एउटा आगोले भने सिड्नीबाट पश्चिमतिर केही घरहरूमा खतरा हुने देखिएको छ।

पृथ्वी गम्भीर खतरामा परेको राष्ट्रसङ्घीय समितिको चेतावनी

सिड्नीमा बाक्लो धुवाँ र जोखिमयुक्त वायु प्रदूषण

डढेलोका कारण अस्ट्रेलियाका दुईवटा राज्यमा "सङ्कटकाल" घोषणा

शुक्रवार अग्निशमन सेवाका सहायक आयुक्तले सर्वसाधारणलाई आगलागी भयो भने के गर्ने भनेर आफू तयार हुन आग्रह गरेका थिए।

गत वर्षको विनाश सम्झिँदै उनले यसपालि पहिलो पटक आगलागीको व्यापक खतरा भएको बताए।

सन् २०१९-२० को गर्मी याममा अस्ट्रेलियामा २.४ करोड हेक्टर जमिनमा डढेलो फैलिएको थियो। त्यसलाई अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा सघन डढेलो मानिएको थियो।

आगलागी र डढेलोले प्रायः सबै राज्य पीडित भएका थिए। तीन हजारभन्दा बढी घर जल्दा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो।

डढेलोले झन्डै तीन अर्ब पशुपक्षीको ज्यान लिएको वा विस्थापित गराएको बताइन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.