'१५ वर्षमा छोरी पाएँ, ३० वर्षको उमेरमा छोरीसँगै एसईई...'

'१५ वर्षमा छोरी पाएँ, ३० वर्षको उमेरमा छोरीसँगै एसईई...'

bbc.com . २९ दिन अघि

दोलखामा जन्मिएकी राधिका खत्रीले पारिवारिक कारणले गर्दा कक्षा पाँचमा नै पढाइ छोड्नुपर्‍यो।

१४ वर्षमा विवाह गरेपछि १५ वर्षको उमेरमा नै उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन्।

आफ्नी १५ वर्षकी छोरी सँगसँगै अहिले उनी एसईई परीक्षामा सहभागी भइन्।

पछि दोस्रो सन्तान पनि भयो। तर उनको पढाइ सक्ने सपना भने कहिले मेटिएन।

तीन वर्षअघि आठ कक्षामा भर्ना भएर यो वर्ष एसईई परीक्षामा सहभागी हुँदै छिन्।

“मलाई पढाइ सक्न मन छ र जागिर खाएर आत्मनिर्भर हुन मन छ,” उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

श्रीमान्‌ले आफूलाई घरको काममा सहयोग गरेका कारण आफूले पढाइमा ध्यान दिन सकेको बताइन्।

अहिले कक्षा १२ सम्म अध्ययन गर्ने योजना उनले बनाएकी छन्।

“छोरीसँगै एसईई परीक्षा दिँदा निकै खुसी लागेको छ। मलाई पढ्न उनले धेरै सहयोग गरिरहेकी छन्,” राधिकाले बताइन्।

यो वर्ष १६ वर्षभन्दा माथिका दुई लाख पचास हजार महिलाहरू एसईई परीक्षामा सहभागी भएका छन्।

एसईई परीक्षा दिइरहेका बेला उनीहरूले समय निकालेर बीबीसीसँग गरेको रमाइलो कुराकानी सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्।

८० वर्षे वृद्धाको पढ्ने रहर, दिइरहेकी छिन् कक्षा १२ को परीक्षा

दूधको प्याकेटबाट ‘ब्याग’ बनाउने बा

सत्तरी काटेपछि कमाउँला

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.