के नेपाल अर्को ठूलो भूकम्प थेग्न तयार छ?

के नेपाल अर्को ठूलो भूकम्प थेग्न तयार छ?

bbc.com . १२ दिन अघि

करिब ९,००० जनाको ज्यान गएको २०७२ सालको भूकम्पमा १० लाखभन्दा बढी निजी भवन क्षतिग्रस्त भएका सरकारी तथ्याङ्क छ। गोरखा जिल्ला केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निट्यूडको भूकम्पमा ७,७३०९५ घरमा पूर्ण रूपमा र २, ९८९९८ घरमा आंशिक रूपमा क्षति भएको थियो।

उक्त भूकम्पमा काठमाण्डू उपत्यकामा माटो कमजोर भएका ठाउँमा बनेका र डिजाइन नगरेर बनाइएका अधिकांश भवन भत्किएका विभिन्न अध्ययनले देखाएको छ।

मुख्यतः घरधनी आफैले डिजाइन गरेर बनाएका घर, मापदण्ड पूरा नगरी बनाइएका घर, माटोको परीक्षण नगरी बनाएका घर र निकै पुराना घरहरू धेरै भत्किएको देखिएको छ।” पुल्चोक इन्जिनियरिङ कलेजका असोसिएट प्रोफेसर तथा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालका अध्यक्ष राजन सुवालले बीबीसी न्यूज नेपालीसँग भने।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको भवन महाशाखाका उप महानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार कानुनी रूपमा भने हामी अर्को ठूलो भूकम्पका लागि तयार छौँ। तर अनुगमनको पाटोलाई जोड दिनुपर्ने अवस्था छ।

'काठमाण्डूमुनि शक्ति थुप्रिएको छ' - गोरखा भूकम्पको अध्ययनले सिकाएका कुरा के हुन्

नेपालमा ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो

२०७२ सालको भूकम्पपछि सरकारले सन् २०२० भवन संहिता परिमार्जन गरेर भवन संहिता ऐन बी सी १०५ ल्याएको थियो जुन नेपाल भूकम्प प्रतिरोधी भवन निर्माण ढाँचा हो।

काठमाण्डू महानगरपालिकाको सहरी व्यवस्थापन विभागकी अर्चना श्रेष्ठ (शाक्य)का अनुसार नियमित रूपमा बनिरहेका सबै घरको अनुगमन गर्न महानगरपालिकासँग जनशक्ति अभाव रहेको तर यही वर्षदेखि दुई चरणमा अनुगमन गर्ने योजना रहेको छ।

भूकम्प प्रतिरोधी घर कस्तो बनाउने र सर्वसाधारणलाई भवन आचार संहिता पालना गर्न के के कठिनाइ छन्? सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्।

पश्चिम नेपालमा किन 'ठूलो भूकम्पको जोखिम?'

भूकम्प प्रभावित क्षेत्रका दुई दर्दनाक दृश्यः कतै चिता जल्दै, कतै अस्पतालको शय्यामा छटपटाउँदै बुवा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.