
नेकपा विवादः प्रचण्डालाई ओलीको 'कडा' जवाफ, प्रचण्डको प्रतिक्रिया- 'स्वागतयोग्य जबाफ'
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोपबारे शनिवार जबाफ दिएका छन्।
५३ बुँदामा समेटिएको ३८ पृष्ठको उक्त लिखित जवाफमा ओलीले प्रचण्डमाथि थुप्रै चुनौती दिएका छन्।
पत्र आदान-प्रदानपछि प्रस्तुत प्रचण्डको प्रस्तावप्रति ओली पक्षको चर्को आपत्ति
लिखित जवाफमा उल्लेख गरिएका प्रमुख बुँदाहरू यसप्रकार छन्ः
१. यो 'प्रस्ताव' बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको उन। नीहित सँगालो मात्रै हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ। पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु।
२. वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गम्भीर सङ्कटमा धकेल्नु भएको छ। समयले यसको उचित हिसाब गर्ने नै छ।
३. यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवं परिक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्ने छ भन्ने कुरा धेरै तथ्यहरूले पुष्टि गर्छन्।
४. युद्धका बेला काम लागेका विधिहरू शान्तिपूर्ण, लोकतान्त्रिक र खुल्ला समाजमा सधैभरि काम लाग्दैनन्। मेरो प्रश्न तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई 'सहमति' को आवरणमा गर्नुभएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो।
५. "समृद्ध नेपाल, सुखी नेपाली"को राष्ट्रिय आकाङ्क्षामा तपाईँ सहमत हुनुहुन्छ? यदी हुनुहुन्छ भने यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दृढतापूर्वक लागेको आफ्नै दलको सरकारलाई गठन हुँदाको प्रारम्भ देखिनै असहयोग गर्ने नियोजित सरकारविरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाव दिने चेष्टा किन गर्न खोजिएको छ? इतिहासले जवाफ खोज्ने छ।
६. एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्वविरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरताविरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि?
७. म आज खुल्ला आह्वान गर्न चाहन्छु- त्यागको यो सिलसिला आजै सुरु गरौँ। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ। म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो?
८. नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरूको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरूको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ। म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला। तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु। तपाईं यसमा तयार हुनुहुन्छ?
९. तपाईंले भनेको 'पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु' को अर्थ के हो? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन् गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस्। खेलबाड गर्ने गल्ती नगर्नुस्।
१०. कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरूलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ? मैले कर्णाली प्रदेशका नेताहरूलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ। तर मेरो विरोध गर्ने नाममा तपाईंले जेजस्ता तर्क अगाडि सार्दै हुनुहुन्छ, ती नजिरका रुपमा स्थापित भए भने कालान्तरमा ती निकै महङ्गो साबित हुने छन्।
आजको सचिवालय बैठकमा मुख्य रुपमा उठेका बुँदाहरूमाथि अब मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरिने पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन्।
उनले भने, "अब दुवै अध्यक्षले राख्नुभएका प्रस्तावहरूमाथि हामी सचिवालय बैठकमा छलफल गरेर निष्कर्ष निकाल्छौं। त्यसपछि स्थायी कमिटी र केन्द्रिय कमिटी बैठकमा पनि छलफल हुन्छ।"
यी प्रस्तावमाथि छलफल गर्नका लागि कात्तिक १६ गते सचिवालयको १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रिय कमिटी बैठक बोलाइएको पनि उनले बताए।
के प्रधानमन्त्रीले प्रचण्डको सहमति नभई मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्?
ओलीको जबाफको प्रतीक्षा, 'विभाजनको मुख' बाट उम्किएला कि झन् सङ्कटमा पर्ला नेकपा
प्रचण्डको प्रतिक्रिया
आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरेपछि त्यसलाई सकारात्मक भनि अर्का अध्यक्ष प्रचण्डले प्रतिक्रिया जनाएको पार्टी प्रवक्ता श्रेष्ठले बताए।
"यो लिखित जवाफ वस्तुगत रुपमा स्वागतयोग्य छ। यस्तो प्रस्ताव आयो राम्रो भयो। यसले पार्टीलाई अझ बलियो बनाउँछ भन्नुभयो," श्रेष्ठले बीबीसीसँग भने।
पार्टीभित्रका कतिपय नेताहरूले भने दुई अध्यक्षबीच पछिल्लो समय देखिएको तिक्तताले पार्टी फुटको सँघारमा पुगेको बताउने गरेका छन्।
"कम्युनिष्ट पार्टीमा अन्तर्सङ्घर्षका यस्तै कुराहरू बाहिर आएपछि र त्यसमाथि हुने बहस छलफलले नै पार्टीलाई अझ बलियो बनाउन मद्दत गर्छ। यसले पार्टीलाई फुटमा लैजान होइन जुटाउन सघाउ पुर्याउँछ," उनले भने।
यसैबीच, भोलि हुन लागेको चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
नेकपाभित्र विवाद उत्पन्न हुँदा विगतमा पनि त्यसलाई मिलाउन चीनको भूमिका रहँदै आएको बताइन्छ।

Liked by:
नेकपा विवाद : सचिवालय बैठकका लागि के छ ओली र प्रचण्ड-नेपाल पक्षको रणनीति ?


नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार
नेकपा सचिवालय बैठक आज, आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्दै ओली


नेकपा सचिवालय बैठकका लागि प्रधामन्त्री ओलीको जवाफ तयार
नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार


प्रधानमन्त्री ओलीको लिखित जवाफ तयार, शनिबार सचिवालय बैठक बस्दै


नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार


नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार


नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार


भोलिको नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्रीको जवाफ तयार

