पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालतमा 'उपस्थित'

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालतमा 'उपस्थित'

bbc.com . २ महीना अघि

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता इमरान खान उनी प्रधानमन्त्री पदमा हुँदा राज्यका उपहारहरू बेचेको आरोप लगाइएको मुद्दाका सम्बन्धमा इस्लामाबादस्थित अदालतमा उपस्थित भइ त्यहाँबाट फर्किएका छन्।

अदालत पुगेका उनलाई पक्राउबाट जोगाउनका लागि उनको दलका सयौँ कार्यकर्ताहरूले उनी चढेको कारलाई घेरेर राखेका थिए।

त्यसक्रममा प्रहरी र इमरान खानका कार्यकर्ता एवम् समर्थकबीच झडप पनि भएको थियो।

त्यसपछि अदालतले उनले आफ्नो कार भित्रबाट नै अदालतमा आएको उपस्थिति जनाउनसक्ने आदेश दिएको थियो।

सोही बमोजिम उनको उपस्थिति जनाइएपछि खान न्यायालय परिसरबाट बाहिरिएको बीबीसी उर्दूले जनाएको छ।

सुनुवाइ स्थगित

प्रहरी र खानका कार्यकर्ताबीचको झडपका कारण शनिवार उनीमाथि लागेको मुद्दाबारे अदालतमा सुनुवाइ भने हुन सकेन।

अराजक अवस्थाका कारण खान अदालतभित्र प्रवेश गर्न असमर्थ देखेपछि न्यायाधीशले उनको सुनुवाइ स्थगित गरिदिएका हुन्।

न्यायाधीशले उनलाई अदालतमा उपस्थिति जनाएर र घर फर्कन सक्ने अनुमति दिए।

सोही अनुसार खानले उपस्थिति जनाए र उनी घरतर्फ फर्किए।

खानले के भने?

बीबीसीसँग संक्षिप्त कुरा गर्दै उनले "आफूलाई एक्ल्याएर पक्राउ गर्नका लागि सरकारले सबै नाटकीय कार्यहरू गरेको" बताएका छन्।

उनी स्थानीय समयअनुसार अपराह्ण ४ बजे राजधानी इस्लामावादको न्यायालय परिसर नजिक पुगेका थिए।

पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक शाहबाज सरिफले इमरान खानले कार न्यायालय परिसरभित्र नल्याएको आरोप लगाएका थिए।

उनले दाबी गरेका थिए, "अदालत सुरु भइसकेको छ, वकिलहरू उपस्थित छन् तर इमरान खानले गाडी भित्र ल्याएका छैनन्।"

घरमा प्रहरीको छापा

यसअघि खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले विभिन्न गतिविधि गरेको थियो।

घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको र त्यहाँ बुलडोजर पनि ल्याइएको थियो।

बीबीसी संवाददाता तरहाब असगरका अनुसार प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका थिए।

जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताएका थिए।

घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ।

दुर्घटनाको दाबी

यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका थिए।

त्यसबेला उनले आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी गरेका थिए।

पाकिस्तान इमरान खान- पूर्वप्रधानमन्त्रीलाई तत्काल पक्राउ नगरिने - BBC News नेपाली

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका प्रहरीहरूले खानको सवारी इस्लामाबाद पुग्नुअघि उनका अङ्गरक्षकहरूले हतियार बुझाउनुपर्ने माग गरेका थिए।

पदमा बहाल रहँदा प्राप्त गरेका राजकीय उपहारहरू राम्रोसँग घोषणा नगरेको अभियोगमा उनीमाथि मुद्दा लगाइएको छ।

पूर्वप्रधानमन्त्री खानले आफूमाथिका आरोप राजनीतिक रूपले पूर्वाग्रही रहेको भन्दै अस्वीकार गर्दै आएका छन्।

स्थगित गरिएको पक्राउ प्रयास

खानलाई तीन दिनअघि पक्राउको प्रयास गरिएको थियो र पछि एकजना वरिष्ठ अधिकारीले पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको जनाएका थिए।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध प्रहरी अनुसन्धान

इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिडेका थिए यी व्यक्ति

लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनले जानकारी दिएका थिए।

पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बीबीसीसँग प्रदर्शनका कारण ट्राफिकमा बाधा पुर्‍याएको र त्यसले मानिसहरूलाई रङ्गशालासम्म पुग्न रोक्ने देखेर उनलाई पक्राउ गर्ने प्रयासलाई स्थगित गरिएको बताएका थिए।

उनले आइतवार हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने उनले बताएका थिए।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ।

पाकिस्तान, श्रीलङ्का र बाङ्ग्लादेशसँग नेपाली अर्थतन्त्रको तुलना

७५ वर्षअघि भारत र पाकिस्तान किन छुट्टिए

खानका समर्थक र सुरक्षाफौजबीच उनको निवास वरपर झडपहरू हुने गरेका छन्।

लाहोरको उच्च अदालतले बिहीवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको थियो।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।

भारतमा बीजेपी हिटलरको बाटोमा हिँड्दैछः इमरान खान

कश्मीरमा भारतको कारबाहीले अतिवादलाई बढावा: इमरान खान

'कश्मीर मामिलामा इमरान खानले गल्ती गरे'

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.