
कुखुरा पालकको गुनासो: 'हाम्रो लगानी डुब्यो, तर भारतबाट कुखुरा आयात रोकिएन'
पोल्ट्री व्यवसायीको गुनासो: 'हाम्रो लगानी डुब्यो, तर भारतबाट कुखुरा र अण्डा आयात रोकिएन'
हालै ५० वर्ष पुगेका चितवनका सुशील रिजाल झन्डै दुई दशक यता कुखुरा पालन तथा अण्डा उत्पादनमा सक्रिय रहँदै आएका थिए।
तर ठुलो लगानी गरेर उक्त व्यवसाय गर्दै आएका उनी अहिले विस्थापित हुन पुगेका छन्।
नेपाल पोल्ट्री महासङ्घका अनुसार चितवनमा मात्रै झन्डै ५ हजार कुखुरा तथा अण्डा व्यवसायी रहेका थिए।
अहिले तीमध्ये रिजालजस्तै आधाजसो व्यवसायी विस्थापित भएको नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिका पोखरेलले बीबीसीलाई बताए।
उनका अनुसार झन्डै ६० प्रतिशत चल्ला उत्पादन पनि हाल बन्द भएको छ।
रिजालसँग कुराकानी गरेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।
अनि यो पनि
कुखुरा नमारीकनै मासु कसरी खान सकिन्छ?
किन अति-धनाढ्यहरूले तिनका सम्पत्तिबाट अर्बौँ रकम गुमाइरहेका छन्?
सुनको भाउ घटबढ किन र कसरी हुन्छ?
नेपालमा बढिरहेको महँगीले गर्दा जीवन निर्वाहको लागतमा कस्तो असर परिरहेको छ

Liked by: