३ अर्ब डलरको भारतीय 'आउटसोर्सिङ उद्योग' एआईको प्रभावबाट बच्न सक्छ?
आर्टिफिशल इन्टेलिजन्स (एआई)ले भारतको ३०० अर्ब डलरको उद्योगलाई शक्ति प्रदान गर्ने परम्परागत 'आउटसोर्सिङ' मोडललाई उल्टाउने डरका कारण विगत केही सातामा भारतीय प्रविधि कम्पनीका शेअरहरूमा अभूतपूर्व गिरावट देखिएको छ।
परम्परागत सफ्टवेअर र आईटी शेअरहरूमा विश्वव्यापी "करेक्शन"को एउटा हिस्साका रूपमा हालसालैको भूराजनीतिक अनिश्चितताका कारण बजारमा हलचल भएको थियो र विशेष गरी भारतका लागि त्यो महत्त्वपूर्ण छ।
विगत साढे तीन दशकमा भारतको सफ्टवेअर उद्योगले लाखौँ मानिसका लागि रोजगारी सिर्जना गरेको छ, जसले उच्च महत्त्वाकाङ्क्षा र बलियो क्रयशक्तिद्वारा सञ्चालित नयाँ मध्यम वर्गलाई जन्म दिएको छ।
नेपाल प्रहरीमा छुट्टै 'एआई सेल', त्यसले के काम गर्छ
के चीनले चुपचाप एआईको स्पर्धा जित्दै छ
यसले गर्दा विगत ३० वर्षमा बेङ्गलुरु, हैदराबाद र गुरुग्रामजस्ता सहरहरूमा अपार्टमेन्ट, कार र रेस्टुराँहरूको माग बढाएको छ।
त्रास
भारतका सबैभन्दा ठूला १० सफ्टवेअर कम्पनीहरूको 'निफ्टी आईटी इन्डेक्स' यस वर्ष झन्डै २० प्रतिशतले घटेको छ। यसका कारण लगानीकर्ताले अर्बौँ डलर लगानी गुमाएका छन्।
यसअघि एन्थ्रोपिकको क्लड एजेन्टले एउटा नयाँ 'एआई टूल' सार्वजनिक गरेको थियो। यसले मुख्य कानुनी, प्रक्रियागत र डेटासम्बन्धी प्रक्रियालाई स्वचालित बनाउन सक्ने दाबी गरेको थियो। त्यसले श्रम हाबी हुने उद्योगको व्यापार मोडलमा प्रहार गरेको छ।
यस्ता कम्पनीका धेरै संस्थापकहरूले सन् २०३० सम्ममा आईटी सेवाहरू नरहनेबारे चेतावनी दिएपछि धेरैमा डर बढेको छ। एआईले सुरुमा सुरुवाती स्तरका ५० प्रतिशत रोजगारी हटाउन सक्ने केही प्रमुख कार्यकारी अधिकृतहरूले चेतावनी पनि दिएका छन्।
के हामी वास्तविक मान्छे र एआई छुट्ट्याउन सक्छौँ
आफ्नो जीवनमा सुधार ल्याउन एआईलाई यसरी प्रयोग गर्नुहोस्
यो असहजतामाझ भारतका ठूला आईटी कम्पनीहरूले डर अतिरञ्जित भएको भन्दै निराश भएकाहरूलाई शान्त पार्न खोजेका छन्।
उनीहरूले एआईले नयाँ अवसरहरू सिर्जना गर्ने बताएका छन्। यद्यपि विगतमा गरिँदै आएको भन्दा संरचनागत परिवर्तनहरू हुन सक्ने थोरै आशङ्का पनि व्यक्त गरिएका छन्।
"ग्राहकको संलग्नताको प्रकृति संरचनात्मक रूपमा सल्लाहकारका रूपमा र कार्यान्वयनतर्फ सर्ने सम्भावना छ। त्यसमा (आयको २२-४५ प्रतिशत ओगट्ने) एप्लिकेशनले व्यवस्थापन गर्ने सेवाहरू हुन्छन्। यसले तीव्र राजस्व सङ्कुचन गराउने छ," विश्वव्यापी लगानी तथा ब्याङ्किङ कम्पनी जेफ्रीजले भनेको छ।
सरल शब्दमा भन्नुपर्दा यसको अर्थ भारतीय आईटी कम्पनीहरूले ब्याङ्क वा तेल कम्पनीजस्ता ग्राहकहरूबाट सफ्टवेअर चलाउन र मर्मत गर्न, प्राविधिक त्रुटि हटाउन र सफ्टवेअर अद्यावधिक गर्न पाएको पैसा कम हुने छ। परामर्शजस्ता कम नियमित कामहरूमा ध्यान केन्द्रित हुँदा त्यसो हुने गर्छ।
जेफ्रीजका अनुसार यसले आधारभूत रूपमा आय वृद्धि र कामदारहरूको मागलाई असर पार्ने छ। उसले आईटी कम्पनीहरूको लागि सबैभन्दा खराब अवस्थाको भविष्यवाणी गर्छ, जसअनुसार अर्को पाँच वर्षमा तीन प्रतिशत कम आय वृद्धि हुने छ र त्यसपछि सन् २०३१ भन्दा पछि कुनै वृद्धि हुने छैन।
एआईले मानव मस्तिष्कको कार्यक्षमता घटाइरहेको विज्ञहरूको चेतावनी
ठूला प्रविधि कम्पनीहरूले एआई टूलहरू किन दशौँ लाख भारतीयलाई निःशुल्क दिँदै छन्
आशा
तर सबै दृष्टिकोणहरू नकारात्मक हुँदैनन्।
"प्रविधि दुनियाँको प्लम्बर" भनिने जेपी मोर्गन चेजले एआईले जटिल कामहरूलाई गति दिने र थप सफ्टवेअर कोड लेख्ने बताएको छ। उसले एआई कम्पनीहरूले पनि सफ्टवेअर कम्पनीहरूको जस्तै ग्राहकको मागअनुसारको सेवा दिन सक्ने "अनुमान गर्नु सरल" हुने बताएको छ।
एकले अर्कोलाई प्रतिस्थापन गर्नुको सट्टा यसले "एआई टूल कम्पनीहरू र आईटी सेवा कम्पनीहरूबीचको थप साझेदारीको भविष्यवाणी गर्छ जसले कामका धेरै नयाँ क्षेत्रहरू सिर्जना गर्न सक्छ।"
भारतको दोस्रो ठूलो आईटी कम्पनी इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले यो भनाइलाई समर्थन गर्दै एआईले उनको जस्तो कम्पनीहरूका लागि अवसरहरू विस्तार गर्ने बताएका छन्। ग्राहकहरूलाई बौद्धिक उपकरणहरू प्रयोग गरेर रहँदै आएको प्रणालीलाई आधुनिकीकरण गर्न मद्दत गर्न आफूहरू तयार रहेको परेखले बताएका छन्।
नेपालको एआई नीतिमा के छ, कार्यान्वयन गर्न कस्ता चुनौती छन्
एआई२०२७ : के यसरी एआईले मानवतालाई नष्ट गरिदिन सक्छ?
इन्फोसिसका अनुसार जेनरटिभ एआईले सफ्टवेअर निर्माण र परीक्षणमा संलग्नलगायत ९ करोड २० लाख मानिसको रोजगारी विस्थापित गर्न सक्छ तर सँगै डेटा एटोटेटर्स, एआई इन्जिनिअर र एआई लीड्सजस्ता भूमिकाका लागि करिब १७ करोड नयाँ जागिरहरू सिर्जना गर्न पनि सक्छ।
विश्लेषकहरूमाझ यसमा सहमत हुनेहरूको क्रम बढ्दो भएको देखिन्छ।
एचएसबीसीले हालैको 'सफ्टवेअर विल ईट एआई' शीर्षकको प्रतिवेदनमा सफ्टवेअर कम्पनीहरू "विश्वका ठूला उद्यमहरूमा एआईको प्रसारका लागि प्राथमिक संयन्त्र" हुने जनाएको छ। उसले आफ्नो प्रतिवेदनमा आईटी सेवा कम्पनीहरूले वास्तवमा सङ्गठनहरूमा एआई अपनाउने तर्क गरेको छ।
उसले ठूलो स्तरमा एआई प्रणालीहरू "स्वाभाविक रूपमा त्रुटिपूर्ण" रहेको र उद्यमहरूले प्रयोग गर्ने प्रमुख सफ्टवेअर प्ल्याटफर्महरू "उकास्न र प्रतिस्थापन गर्न" उपयुक्त नभएको बताएका छन्। यद्यपि तिनीहरू तस्बिर बनाउने कार्यक्रमहरूका लागि भने उपयुक्त हुन सक्छन्।
टार्न नसकिने परिवर्तनहरू
जे भए पनि आईटी कम्पनीहरू जीवनकालमा एक पटक भएको यो प्राविधिक परिवर्तनबाट अछुतो रहने छैनन्।
जेपी मोर्गनले खास असरको मात्रा मापन गर्न गाह्रो रहेको तर उद्योगमा धेरै तरिकाले असरहरू महसुस भइरहेको जनाएको छ।
भारतको सफ्टवेअर पैरवी समूह नासकमका अनुसार आईटी उद्योगले यी परिवर्तनहरूलाई अँगाल्न थालेको छ। सन् २०२५ मा प्रविधि उद्योग एआईको परीक्षणबाट वास्तविक परिचालनमा निर्णायक रूपमा स्थानान्तर भएको उसको भनाइ छ।
तर सन् २०२५ मा एआई परियोजनाहरूबाट प्राप्त हुने आय मुस्किलले १० अर्ब डलर छ (जब कि समग्र उद्योगको कुल आय ३१५ अर्ब डलर छ)। यस क्षेत्रका लागि समग्र आय यो वर्ष केवल ६ प्रतिशतले मात्र बढ्ने सम्भावना रहेको छ र दोहोरो अङ्कको फड्कोबाट यो धेरै टाढा छ।
यसैबीच कर्मचारी भर्तीमा पनि कमी आउने ठानिएको छ। सन् २०२६ मा कर्मचारी थपिने अनुपात जम्मा २.३ प्रतिशत मात्र उच्च रहने सम्भावना छ।
एआईका कारण आईटी कम्पनीहरूले ग्राहकसँग शुल्क उठाउने तरिकामा पनि द्रुत गतिमा परिवर्तन भइरहेको नासकमले जनाएको छ।
एआईबाट धेरैभन्दा धेरै फाइदा कसरी लिने: आफैँलाई सोध्नुहोस् यी ४ प्रश्न
वैज्ञानिकलाई सुल्झाउन वर्षौँ लागेको 'सुपरबग' समस्या एआईद्वारा दुई दिनमै समाधान
छोटो अवधिमै पीडाबाट उम्किन सकिनेछैन भन्ने स्पष्ट छ।
नुभामा इन्स्टिट्यूशनल एक्विटिजका विश्लेषकहरूका अनुसार आईटी कम्पनीहरूको कमाइ सुरुमा घट्ने छ र एआईको फाइदा मध्यम अवधिमा मात्र देखिने छ।
प्राविधिक प्रश्नभन्दा अगाडि बढ्दा, भारतका लागि शुल्कसम्बन्धी अनिश्चिततालाई कम गरिए पनि अमेरिकामा भिसा प्रतिबन्धहरू बढेका छन्। यो भारतीय आईटी कम्पनीहरूका लागि सबैभन्दा ठूलो बजार हो।
मूडिज एनालिटिक्सका अनुसार नयाँ भिसा शुल्कले भारतका शीर्ष आईटी कम्पनीहरूको सञ्चालन खर्च अनुमानित १० करोड डलरदेखि २५ करोड डलरले बढ्ने सम्भावना छ, जुन उनीहरूको आम्दानीको लगभग १ प्रतिशत हो।
यसले भारतको कुल सेवा निर्यातको लगभग ८० प्रतिशत प्रतिनिधित्व गर्ने अत्यन्त महत्त्वपूर्ण क्षेत्रका लागि गम्भीर अवरोधहरू थपेको छ।
'अरू सबैभन्दा अगाडि' : चीनको १० वर्षे उच्च प्रविधि योजनाले दिएको प्रतिफल
ओपन एआईको कमजोरी बाहिर ल्याउने अनुसन्धानदाता मृत भेटिए
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: