पछिल्लो इरानी आक्रमणले इजरेललाई 'झस्काउनुका' कारण
दक्षिणी इजरेलको एउटा सानो नगर अरदमा शनिवार एउटा इरानी क्षेप्यास्त्र प्रहार भएको छ। हवाई प्रतिरक्षा प्रणाली त्यस प्रक्षेपणलाई रोक्न विफल भएको थियो।
इजरेलको आपत्कालीन सेवाले आक्रमणपछि ८८ जनालाई अस्पताल पुर्याइएको जनाएको छ जसमध्ये १० जना गम्भीर रूपमा घाइते भएका छन्।
इजरेलको दक्षिणी सहर डिमोनामा थप दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन्।
उक्त स्थान अघोषित परमाणु हतियार केन्द्रबाट मात्र १३ किलोमिटर टाढा छ। आक्रमणले केन्द्रलाई लक्षित गरेको देखिन्छ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले त्यस घटनाबारे टिप्पणी गर्दै देशको निम्ति "निकै कठिन साँझ" भएको बताएका छन्।
इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) ले आक्रमणबाट कुनै क्षति भएकोबारे आफू जानकार नरहेको बताएको छ।
अमेरिकी सैन्य अखडाहरूमा इरानी हमलाबाट ८० करोड डलर बराबर क्षति भएको विश्लेषण
इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता
खुला रहस्य के हो?
तर उक्त निकायका महानिर्देशकले "विशेष गरी परमाणु इलाका आसपासमा अधिकतम सैन्य नियन्त्रण" राख्नु पर्नेमा सचेत तुल्याएका छन्।
नेगेभ मरुभूमिमा रहेको शिमोन पेरेश नेगेभ न्युक्लिअर रिसर्च सेन्टरलाई "डिमोना रियाक्टर" भन्ने प्रचलन छ।
यसलाई नै लामो समयदेखि इजरेलको परमाणु हतियारको अघोषित शस्त्रागारको रूपमा लिने गरिन्छ।
ट्रम्पको अनुरोधपछि ग्यास खानीमा आक्रमण रोक्न इजरेल सहमत, इरानी नववर्षको दिन पनि तेहरानमा हमला
के इरान युद्धले उत्तर कोरियाका नेता किम जङ अनमा त्रास उत्पन्न गराएको छ?
आधिकारिक रूपमा भने उक्त क्षेत्र अनुसन्धानमा मात्र केन्द्रित रहेको बताउने गरिएको छ।
तर इजरेलले त्यहाँ परमाणु बम विकास गरेको कुरा यो लगभग छ दशकदेखि एउटा 'खुला रहस्य' रहँदै आएको छ। यद्यपि प्रत्येक सरकारले यसबारेको अन्योल र अस्पष्टता कायम राख्ने गरेका छन्।
'युद्ध नयाँ चरणमा'
यसको अर्थ यो हो कि इजरेल मध्यपूर्वमा एक मात्र परमाणु शक्ति राष्ट्र हो। त्यसैले, उक्त इलाकालाई निशाना बनाइएको कुनै पनि सङ्केतलाई इजरेलले अत्यन्त गम्भीरताका साथ लिन्छ।
इरानको सरकारी टेलिभिजनले उक्त हमला इरानको नतान्ज परमाणु केन्द्रमा शनिवार भएको आक्रमणको जवाफमा गरिएको जनाएको छ ।
युद्ध अब नयाँ चरणमा: इरान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले जबाफी कारबाही गर्ने चेतावनी दिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले यदि इरानका इन्धन र ऊर्जा प्रशोधन केन्द्रहरूमा आक्रमण गरिएमा इरानी सेनाले अमेरिकासँग जोडिएका ऊर्जा प्रशोधन केन्द्रलाई निशाना बनाउने बताएको उल्लेख गरेको छ।
इरानमा सैन्य कारबाही रोक्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ
'इरानी शासन संयन्त्र कायम तर कमजोर': अमेरिकी कङ्ग्रेसमा गुप्तचर निकायका प्रमुखहरूले अरू के भने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्कीयुक्त नयाँ समय सीमा दिएपछि इरानले त्यस्तो चेतावनी दिएको हो।
ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला नगरिएमा अमेरिकाले इरानका ऊर्जा केन्द्रहरू पूर्ण रूपमा नष्ट गरिदिने भन्दै ४८ घण्टाको समय सीमा दिएका छन्।
यसअघि इरानले दक्षिणी इजरेलमा क्षेप्यास्त्र आक्रमण गरेको थियो।
इरानले भनेको छ, "अब युद्ध नयाँ चरणमा पुगेको छ।"
ट्रम्प, इजरेल, इरान
कडा प्रतिवाद गर्ने भन्दै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनको ४८ घण्टे चेतावनीको जबाफ दिएको छ। उसले आफ्नो ऊर्जा पूर्वाधारलाई निशाना बनाइएमा त्यसको बदलामा मध्यपूर्वमा अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने बताएको छ।
ट्रम्पले शनिवार आफूले युद्धको लक्ष्य निर्धारित समयभन्दा केही हप्ता पहिल्यै हासिल गरेको टिप्पणी गरेका थिए र इरानले सम्झौता गर्न चाहे पनि आफूले नगरेको समेत उल्लेख गरेका थिए।
दक्षिणी इजरेलको डिमोना र अराद नगरमा भएको आक्रमणमा १०० भन्दा धेरै मानिसहरू घाइते भएका छन्। आक्रमण डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको परमाणु केन्द्र लक्षित रहेको देखिन्छ
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सबै मोर्चामा आफ्ना शत्रुहरूविरुद्ध निरन्तर आक्रमण गरिरहन दृढ रहेको चेतावनी दिएका छन्।
इजरेली फौज आईडीएफले इरानको नतान्ज परमाणु स्थल लक्षित आक्रमणपछि तेहरानमा नयाँ आक्रमणको शृङ्खला सुरु गरेको बताएको छ।
संयुक्त अरब एमिरेट्स (यूएई) ले नयाँ इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिएको बताएको
कतारको रक्षा मन्त्रालयले नियमित ड्युटीका क्रममा आफ्नो तटीय क्षेत्रमा दुर्घटनाग्रस्त हेलिकप्टरको खोजी गरिरहेको बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: