इरानबारेको कठोर अमेरिकी नीतिसँगै जटिल मोडमा ट्रम्प

इरानबारेको कठोर अमेरिकी नीतिसँगै जटिल मोडमा ट्रम्प

bbc.com . १ घण्टा अघि

इरानविरुद्ध अमेरिका–इजरेल संयुक्त युद्ध सुरु भएको तीन हप्तापछि द्वन्द्व अनिश्चितता र मिश्रित सन्देशको तुवाँलोमा पुगेको छ। सँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सार्वजनिक टिप्पणीहरू प्रायः धरातलीय यथार्थसँग नमिल्दा देखिन्छन्।

युद्ध "धेरै हदसम्म पूर्ण भइसकेको" बताउँदै अमेरिकी राष्ट्रपतिले तर जलसेनाको एउटा इकाई सहितको एउटा नयाँ अमेरिकी स्थल फौज यस क्षेत्रतर्फ गइरहेको उल्लेख गरेका छन्।

कम भइरहेको छ तर इरानी लक्ष्यहरूमा अमेरिका र इजरेलको बमबारी र क्षेप्यास्त्र आक्रमण निरन्तर जारी छ।

विश्वको २० प्रतिशत तेल निर्यात हुने विन्दु "स्ट्रेट अफ होर्मुज" खोल्नु एउटा "साधारण सैन्य चालबाजी" हो, तर अहिलेका निम्ति इरानले अनुमति दिएका जहाजहरू मात्र उक्त जलक्षेत्र काटेर जान पाइरहेका छन्।

ट्रम्पले दिएको विस्तृत विवरण

इरानी सेना "समाप्त भइसक्यो", तर ड्रोन र क्षेप्यास्त्रहरूले अझै पनि त्यस क्षेत्रस्थित लक्ष्यमा प्रहार गरिरहेका छन् र त्यो निशाना अमेरिका-ब्रिटेनको संयुक्त बेस डिएगो गार्सियासम्म फैलिएको छ।

ट्रुथ सोसलमा शनिवार साँझ एउटा सन्देश पोस्ट गर्दै ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज "खतरारहित रूपमा पूर्ण खुला नगरेमा" अमेरिकी सेनाले इरानी ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिए।

र ठूलो केन्द्रमा हमला गरेर त्यसको सुरुवात गर्ने उनको धम्की छ।

ट्रम्पको अनुरोधपछि ग्यास खानीमा आक्रमण रोक्न इजरेल सहमत, इरानी नववर्षको दिन पनि तेहरानमा हमला

'इरानी शासन संयन्त्र कायम तर कमजोर': अमेरिकी कङ्ग्रेसमा गुप्तचर निकायका प्रमुखहरूले अरू के भने

तर, अघिल्लो दिन उनले आफ्नो सामाजिक सञ्जाल वेबसाइट प्रयोग गरेर इरान युद्धसँग जोडिएका अमेरिकी सैन्य उद्देश्यहरूको सूची सार्वजनिक गरेका थिए। अमेरिका त्यो लक्ष्य प्राप्त गर्न "वास्तवमै नजिक पुगिरहेको छ" भन्ने ट्रम्पको भनाइ छ।

युद्ध सुरु भएदेखि त्यसबारे उनको अहिलेसम्मकै सबैभन्दा विस्तृत बयान त्यही हो।

जसमा इरानको सेना, उसको रक्षा पूर्वाधार र परमाणु हतियार कार्यक्रमलाई क्षीण तुल्याउने वा नष्ट गर्ने तथा उक्त क्षेत्रमा अमेरिकी सहयोगीहरूको रक्षा गर्ने विषयहरू समावेश थिए।

अमेरिकाले आक्रमण अन्त्य गर्न सक्ने?

स्ट्रेट अफ होर्मुजलाई सुरक्षित पार्ने उद्देश्य त्यसमा समावेश गरिएको थिएन, ट्रम्पले त्यो जिम्मेवारी खाडीबाट तेल निर्यातमा बढी निर्भर अन्य राष्ट्रहरूको हुनुपर्ने बताए।

राष्ट्रपतिले बारम्बार भनेको कुरा के हो भने अमेरिका ऊर्जाको खपतभन्दा बढी उत्पादन गर्ने देश हो, र मध्यपूर्वबाट तेल निर्यातमा निर्भर छैन।

यद्यपि यस्तो दृष्टिकोणले जीवाश्म इन्धन बजारको विश्वव्यापी प्रकृतिलाई बेवास्ता गर्छ, मूल्यको उतारचढावले सिधा अमेरिकी पेट्रोल पम्पहरूमा इन्धनको मूल्यमा प्रभाव पार्छ।

ट्रम्पको ट्रुथ सोसल पोस्टले इरानी शासन परिवर्तनको लागि पनि कुनै आह्वान गरेको छैन।

ट्रम्पले युद्धको प्रारम्भिक दिनहरूमा जोड दिए जस्तो देशको अर्को कुनै नेतालाई अनुमोदन गर्ने वा "बिना सर्त आत्मसमर्पण" गर्ने कुनै सन्दर्भ पनि छैन।

ट्रम्पले आफ्नो उद्देश्यको जुन पछिल्लो रूपरेखा तयार गरेका छन्, इरानको वर्तमान अमेरिका विरोधी नेतृत्व शक्तिमै रहँदा, उसको तेल निर्यात अझै जारी छँदा र स्ट्रेट अफ होर्मुजमाथि केही हदसम्म नियन्त्रण कायम राख्ने सामर्थ्य उसको क्षमताका साथ अमेरिकाले आफ्नो आक्रमण अन्त्य गर्न सक्ने सम्भावना छ।

पछिल्लो इरानी आक्रमणले इजरेललाई 'झस्काउनुका' कारण

इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता

'प्रस्टता ट्रम्पको उद्देश्य होइन'

राष्ट्रपति र उनका सहयोगीहरूले सन् १९७९ को इरान क्रान्तिबाट सुरु भएको भन्ने गरेको युद्ध उनीहरूले अन्त्य गरिदिने बताएका छन्। यदि ट्रम्पको प्रस्ताव उक्त युद्धको निम्ति राम्रो प्रस्ताव होइन भने त्यहाँ एउटा वैकल्पिक मार्ग छ, जसमा छन् -- अमेरिकी स्थल सेनाहरू, जो हाल मध्यपूर्व क्षेत्रको बाटोमा छन्।

एक हप्ताअघि मात्र अमेरिकी सञ्चारमाध्यमहरूले करिब २,५०० सैनिक र सहयोगी पानीजहाज र हवाई जहाजसहित नौसेनाको एउटा युनिट जापानबाट मध्यपूर्वको निम्ति पठाइएको र आगामी दिनमा पुग्नुपर्ने बताएका थिए।

यही आकारको अर्को नौसैनिक समूह हालै क्यालिफोर्नियास्थित आफ्नो आधारबाट निस्किएको थियो, जुन एप्रिलको मध्यसम्ममा पुग्ने ठानिएको छ।

सैन्य विश्लेषकहरूले अमेरिकाले खार्ग टापु कब्जा गर्ने योजना बनाउन सक्ने बताएका छन्।

लगभग २१ वर्ग किलोमिटर आकारको उक्त भूभागमा इरानको मुख्य तेल निर्यात टर्मिनल छ।

त्यसो गर्दा सिद्धान्तत: उक्त देशको तेल ढुवानी बन्द हुन सक्छ, उ अत्यावश्यक राजस्वबाट वञ्चित हुनसक्छ र त्यसले खतरा अन्त्यको बदलामा अमेरिकीहरूलाई बढी छुट दिन इरानलाई बाध्य तुल्याउन सक्छ।

ट्रम्पले शुक्रवार आफूले इरानमा स्थलगत सेना नपठाइरहेको बताएका थिए। उनले भने, यदि मैले त्यस्तो गरेको भए त्यसबारे तपाईँलाई पक्कै पनि बताउने थिइनँ। लाग्छ, प्रस्टता उनको उद्देश्य होइन।

लामो लडाइँको लागि तयारी?

त्यस्तो धम्कीपूर्ण कदमपछि इरानको सरकारी मिडियाले शनिवार समाचार प्रकाशित गरे: खार्ग टापुमा हुने कुनै पनि आक्रमणले इरानलाई अर्को प्रमुख विश्वव्यापी सामुद्रिक पारवहन विन्दु रेड सीमा "असुरक्षा" निम्त्याउन प्रेरित गर्ने छ, र यस क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा "आगो लगाउने" छ।

इरानको चेतावनीले अमेरिकाको तर्फबाट हुने तनावको खतरालाई दर्साउँछ जसमा अमेरिकी सैन्य बललाई इरानी प्रतिरोधको सामना गर्नुपर्ने हुनसक्छ।

गत हप्ताको सुरुमा अमेरिकी सञ्चारमाध्यमले ट्रम्प प्रशासनले इरानविरुद्धको जारी सैन्य कारबाहीका निम्ति आपत्कालीन कोषका लागि अमेरिकी कङ्ग्रेससँग दुई खर्ब अमेरिकी डलर माग्ने तयारी गरेको उल्लेख गरेका थिए।

अमेरिकी सैन्य अखडाहरूमा इरानी हमलाबाट ८० करोड डलर बराबर क्षति भएको विश्लेषण

अनेकौँ अफवाह फैलिएपछि नेतन्याहूले दिए आफू जीवितै रहेको प्रमाण

त्यस्तो अनुरोधबाट आकलन गर्न सकिन्छ कि ह्वाइट हाउस द्वन्द्व अन्त्य गर्नुको साटो महँगो लामो लडाइँको लागि तयारी गरिरहेको छ।

ट्रम्पका रिपब्लिकन सहयोगीहरू सहित कंग्रेसको प्रारम्भिक प्रतिक्रिया निकै सतर्कतापूर्ण थियो।

तथाकथित "युद्धको कुहिरो" ले सैन्य योजनाकारहरूको सोचलाई मात्र धुमिल पार्दैन, यसले राजनीतिज्ञ र नागरिकको धारणालाई पनि असर गर्छ।

लाग्छ, इरान युद्ध एउटा मोडमा छ। तर यसले यहाँबाट कुन दिशा लिन्छ त्यो रहस्यमै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.