कोलम्बियामा सैन्य विमान दुर्घटनामा पर्दा कम्तीमा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटनामा पर्दा कम्तीमा ६६ जनाको मृत्यु

bbc.com . १ घण्टा अघि

कोलिम्बियामा वायुसेनाको एउटा विमान उडेको केही बेरमै दुर्घटनामा पर्दा कम्तीमा ६६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्।

वायुसेनाका कमान्डर कार्लोस फेर्नान्डो सिल्भा रुएडाका अनुसार उक्त विमानमा ११४ सैनिकहरू र चालकदलका ११ जना सवार थिए।

अमेरिकामा निर्मित उक्त सी-१३० हर्क्युलीज विमान देशको दक्षिणी भेगमा प्वेर्टो लेगिसामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो।

बोलिभिआमा पैसा बोकेको सैनिक विमान दुर्घटना

न्यूयोर्कमा विमान र दमकल ठोक्किँदा दुई विमानचालकको मृत्यु

दुर्घटनास्थलमा पुगेका आपत्कालीन सेवाका उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू छन् कि भनेर खोजेको देखिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु भएको छ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार सैनिकहरूलाई लिएर प्वेर्टो लेगिसामोबाट उड्दै गर्दा उक्त विमान "दुःखद दुर्घटनामा परेको" हो। दुर्घटनास्थल पेरूको सीमानजिकै छ।

सान्चेजले दुर्घटनापछि विमानमा आगो लागेकाले त्यसबाट ढुवानी गर्न लागिएको गोलीगट्ठाहरू पड्किएको जानकारी दिए।

एक सैन्य स्रोतले समाचारसंस्था एएफपीलाई बताएअनुसार मृतकहरूमध्ये ५८ सैनिक, वायुसेनाका ६ कर्मचारी र दुई प्रहरी अधिकारी छन्।

सेनास्थित दुई भिन्नाभिन्नै स्रोतले एफएफपीलाई उक्त दुर्घटनामा ६६ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन्।

ज्यानुअरी महिनामा उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

राष्ट्रपतिको आरोप

यो दुर्घटनालाई कोलम्बियाको वायुसेनाका विमानले केही वर्षयता खेपेकामध्ये एउटा निकै घातक दुर्घटना मानिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटनास्थलबाट धुवाँको मुस्लो निस्किएको र सैनिकहरूलाई लिएर ट्रकहरू त्यतातिर जाँदै गरेको देखिने तस्बिर प्रकाशित गरेका छन्।

केही समाचार पोर्टलमा स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई मोटरसाइकलमा राखेर दुर्घटनास्थलबाट अस्पतालतिर लग्दै गरेको देखिने भिडिओहरू पनि पोस्ट भएका छन्।

राष्ट्रपति गुस्टाभो पेट्रोले सामाजिक सञ्जाल एक्समा "यो भयानक दुर्घटना ... हुनु नै हुँदैनथ्यो" भनेर लेखेका छन्।

एउटा लामो पोस्टमा उनले सेनाका साधन र विमानलाई आधुनिक बनाउने आफ्नो योजना भए पनि "प्रशासनिक समस्या"का कारण रोकिएको आरोप लगाएका छन्।

"अब म थप विलम्ब हुन दिन्नँ, हाम्रा युवाहरूको ज्यान जोखिममा छ," दुर्घटनाको कारणबारे कुनै टिप्पणी नगरी उनले लेखेका छन्।

गत महिना बोलिभियामा पनि सेनाको एउटा विमान दुर्घटनामा पर्दा कम्तीमा २० जनाको मृत्यु भएको थियो। नगद ढुवानी गर्न प्रयोग गरिएको उक्त विमान पनि सी-१३० हर्क्युलीज मोडलकै थियो।

कोलम्बियामा विमान दुर्घटना, सवार सबै १५ जनाको मृत्यु

विमान दुर्घटनामा परेर एमजन जङ्गलमा हराएका बालबालिका ४० दिनपछि जीवितै भेटिए

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.