इरान र अमेरिकाबीचको ऐतिहासिक शान्तिवार्ता 'निष्कर्षविहीन'
इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा भएको शान्तिवार्ता कुनै निष्कर्षमा नपुगेको अमेरिकी पक्षले जनाएको छ।
"हामी यहाँ २१ घण्टादेखि छौँ। तर दुःखद समाचार के छ भन्दा हामी सहमतिमा पुग्न सकेनौँ," अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि एउटा पत्रकार सम्मेलनमा भने।
"हामी त्यस्तो अवस्थामा पुग्न सकेनौँ, जहाँ इरानले हाम्रा शर्तहरू स्वीकार्न सक्थ्यो," भान्सले अगाडि थपे।
पाकिस्तानी मध्यस्थतामा इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता, ट्रम्पले के भने?
अमेरिका-इरान वार्ताका प्रमुख पाँच जटिल मुद्दा
आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोली अब स्वदेश फर्कने बताए।
उनले संयुक्त राज्य अमेरिकाले उसका "लक्ष्मणरेखाहरू" प्रस्ट पारेको तर इरान ती शर्तहरूमा "सहमत नभएको" उल्लेख गरे।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले दुवै पक्षबीच वार्ताहरू "सघन" भए पनि त्यसको "सफलता" अर्को पक्षको "गम्भीरता एवं असल नियतमा निर्भर गर्ने" उल्लेख गरेका छन्।
उनले "अत्यधिक माग तथा नाजायज आग्रहहरू" नगर्न तथा इरानका "वैध अधिकार एवं स्वार्थहरू स्वीकार्न" वाशिङ्गटनलाई आग्रह समेत गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: