पुष्पा र अञ्जली चितवनबाट कोशीटप्पु सारिए, गैँडा स्थानान्तरण कसरी सफल बन्ला?

पुष्पा र अञ्जली चितवनबाट कोशीटप्पु सारिए, गैँडा स्थानान्तरण कसरी सफल बन्ला?

bbc.com . २ महीना अघि

पुष्पा र अञ्जली नामका दुर्लभ एक सिङे गैँडाका टुहुरा बच्चालाई चितवन राष्ट्रिय निकुञ्जबाट गत मङ्गलवार कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ।

माउबाट छुट्टिएको अवस्थामा फेला परेका ती गैँडाहरूलाई निकुञ्जमा औषधोपचार र स्याहारसुसार गरिँदै आइएको थियो।

गत वैशाख महिनामा चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रको जङ्गलमा उनीहरूलाई छाडिए पनि उनीहरू नदी तरेर निकुञ्ज नजिकका गाउँमा फर्किने गरेका थिए।

कुनै मानवीय क्षति हुनसक्ने डरले र कृषकका बालीनाली नाश गर्ने गरेकाले उनीहरूलाई कोशीटप्पुमा स्थानान्तरण गर्ने निर्णय अधिकारीहरूले गरेका हुन्।

विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ। 

हेर्नुहोस् कमल परियारईश्वर जोशीले बनाएको यो भिडिओ स्टोरी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.