'संसारभर फैलिने' मानिएको फ्लूको उत्परिवर्तनबाट आफूलाई यसरी जोगाउनुहोस्

'संसारभर फैलिने' मानिएको फ्लूको उत्परिवर्तनबाट आफूलाई यसरी जोगाउनुहोस्

bbc.com . ३ महीना अघि

विश्वभर देशहरूलाई एक विशेष रूपमा कडा फ्लूले प्रभावित पारेको र त्यसको कारण भाइरसको नयाँ उत्परिवर्तित प्रकार (म्यूटेटेड भेरिअन्ट) रहेको भन्दै विशेषज्ञहरूले चेतावनी दिएका छन्।

जापान र यूकेमा फ्लू भएकाहरूको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ भने यसका पछाडि नयाँ भेरिअन्ट रहेको मानिएको छ। अब सबै महादेशहरूमा पनि यो भेरिअन्ट पत्ता लागेको छ।

हालैका वर्षहरूमा मानिसहरूले यस्तो प्रकारसँग धेरै सामना नगरेका कारण यसको अर्थ यसविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता कम विकसित भएको छ।

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

‘यो प्रदूषित हावा हाम्रो फोक्सोमा गइराख्यो भने क्यान्सर हुनसक्छ’

एचथ्रीएनटू फ्लू म्यूटेशन के हो?

फ्लू भाइरसहरू निरन्तर उत्परिवर्तन हुन्छन् र खोपहरूलाई आवश्यकताअनुसार थप विकसित गर्न सकियोस् भनेर वैज्ञानिकहरूले तिनीहरूको विकासलाई अनुगमन गर्छन्।

भाइरसहरू प्रायः साना परिवर्तनहरू मात्र गर्छन् — तर कहिलेकाहीँ तिनीहरूले ठूलो परिवर्तन गरेर अचानक उत्परिवर्तित हुन्छन्।

'एचथ्रीएनटू' (H3N2) मौसमी फ्लूको एउटा स्ट्रेनमा सात वटा उत्परिवर्तित प्रकार देखा परेका छन्, जसका कारण यस परिवर्तित भाइरसको सङ्क्रमणमा "छिटो वृद्धि" देखिएको ब्रिटेनको केम्ब्रिज विश्वविद्यालयका प्याथजन ईभलूशन सेन्टरका निर्देशक प्राध्यापक डेरेक स्मिथले बताए।

उनले बीबीसीसँग भने, "यो लगभग निश्चित रूपमा संसारभरि फैलिने छ।"

खोकीको औषधिका कारण कतिपय देशमा जस्तै जोखिमका घटना नेपालमा हुन नदिन सरकारले के गर्दैछ?

उपत्यकामा रुघाखोकी लागेको भन्ठानिएका केही बिरामी कोभिडबाट सिकिस्त

यो फ्लू स्ट्रेन कति खराब हो?

एजथ्रीएनटू भनिने यो उत्परिवर्तित स्वरूप एउटा मौसमी 'इन्फ्लुअन्जा ए' भाइरस हो जुन हालैका वर्षमा मानिसहरूमा कमै देखिएको थियो।

त्यसैले यसका लक्षणहरू अन्य प्रकारका फ्लूभन्दा धेरै खराब नहुन सक्छन् तर प्रतिरोधी क्षमताको कमीका कारण मानिसहरू बिरामी हुने र यो भाइरस फैलिने सम्भावना बढी हुन्छ।

केही मानिसहरूलाई फ्लू हुँदा पनि कुनै लक्षण देखिँदैन तर अन्य भने एक्कासि बिरामी हुन्छन्। उनीहरूको शरीर दुख्छ र थकान बढ्छ।

तर भाइरस वृद्ध मानिस अनि जोखिममा रहेका मानिसहरूलाई भने अझ घातक हुन सक्छ।

"हामीले केही समययता यस्तो खालको भाइरस देखेका छैनौँ, यो अलि अस्वाभाविक छ," यूकेको फ्रान्सिस क्रिक इन्स्टिट्यूटस्थित वर्ल्ड इन्फ्लुअन्जा सेन्टरकी निर्देशक तथा प्राध्यापक निकोला लेविसले भनिन्।

"यसलाई लिएर मेरो पक्कै पनि चिन्ता छ," उनले थपिन्। "म आत्तिएको छैन तर चिन्तित छु।"

यो रुघा, फ्लू वा कोभिड के हो?

रुघा, फ्लू र कोभिडजस्तो भाइरसका लक्षणहरू उस्तैउस्तै हुन्छन् तर केही कुराले तपाईँलाई के भएको हो भन्ने पत्ता लगाउन सहयोगी हुन्छ।

रुघा बिस्तारै लाग्न सक्छ र त्यसले तपाईँको नाक तथा घाँटीको पछाडिपट्टि असर गर्न सक्छ।

फ्लू भने एक्कासि आउन सक्छ र थप दुखाइका साथै ज्वरो र मांसपेशी कमजोर हुन सक्छ।

कोभिडका प्रायः लक्षणहरू फ्लूका जस्तै हुन सक्छ्न। तर एउटा मुख्य पहिचान गर्न सकिने फरक भनेको स्वाद र गन्ध थाहा पाउन नसक्नु हो।

अर्को भनेको एकदमै कडा रूपमा घाँटी दुख्नु हो। पखाला पनि लाग्न सक्छ।

तपाईँ फ्लूबाट आफूलाई कसरी जोगाउन सक्नुहुन्छ?

फ्लूबाट बच्न खोप लिनु यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो तर अहिले उपलब्ध खोपले उत्परिवर्तित भाइरसविरुद्ध काम नगर्न सक्छ।

"सुरक्षाका केही पनि उपाय नअपनाउनुको सट्टा केही लिनु राम्रो हो। तर यो वर्ष विगतका वर्षहरूभन्दा सुरक्षात्मक उपायको मात्रा कम हुने वर्ष जस्तो देखिएको छ," यूकेको युनिभर्सिटी अफ अक्स्फोर्डस्थित प्यान्डेमिक साइन्सेस इन्स्टिट्यूटका प्राध्यापक क्रिस्टोफ फ्रेजरले बीबीसीसँग भने।

"यो आदर्श स्थिति होइन," उनले थपे।

"सब्क्लेड 'के' भाइरसहरू अहिले चलिरहेका भाइरसहरूभन्दा पहिलाको स्ट्रेनहरूबाट एन्टिजेनिक रूपमा केही फरक छन्। त्यसैले यदि तपाईँले यो वर्षको फ्लूविरुद्ध खोप लिनुभएको छ भने पनि तपाईँलाई फ्लूले समाउन सक्छ र त्यसले तपाईँलाई गम्भीर रूपमा बिरामी बनाउने सम्भावना बढी हुने छ," निकोला लेविसले भनिन्।

खोपबाट हुन सक्ने सबैभन्दा ठूलो फाइदा भनेको ज्वरो आउनै नदिने वा भाइरस बिस्तारै फैलिनेभन्दा रोगको गम्भीरता कम गर्ने भन्ने अनुमान गरिन्छ।

'मौसमी फ्लू'ले बालबालिकादेखि ठूलासम्म मारमा, बच्ने उपाय थाहा पाउनुहोस्

नेपालमा कुनकुन रोगले धेरै मानिसको ज्यान लिन्छन्

फ्लूका खोप विश्वभर उपलब्ध छन्। तर यिनमा पहुँच क्षेत्रअनुसार फरकफरक छन्। यूकेमा ६५ वर्षभन्दा माथिका, गर्भवती महिलाहरू वा केही स्वास्थ्य समस्या भएका मानिसहरूलाई नि:शुल्क प्रदान गरिन्छ। अन्यले चाहँदा पैसा गरेर पनि लिन सक्छन्।

फ्लू फैलिनबाट रोक्नु अर्को राम्रो उपाय हो। जापान र इङ्ग्ल्यान्डजस्ता चाँडै फ्लू अनुभव हुने देशहरूमा केही विद्यालयहरू बन्द गरिएका छन् ताकि महामारी फैलिन नपाओस्।

यूकेको स्वास्थ्य सुरक्षा निकायको फ्लू कार्यक्रमकी अग्रणी डाक्टर सुजान मक्डोनल्ड रुघाखोकी लाग्दा कागजले नाकमुख छोप्ने र साबुन पानीले हात धुने सामान्य उपाय महत्त्वपूर्ण रहेको बताउँछिन्।

फ्लू भएका मानिसहरू घरमा बस्नुपर्छ। तर यदि घरबाट बाहिरिनै पर्छ भने बाहिर नै बस्ने प्रयास गर्नुपर्ने उनले बीबीसीलाई बताइन्।

"अन्य मानिसबाट टाढै बस्नुभयो अनि मास्क लगाउनुभयो भने त्यसले अरूलाई रोग सर्नबाट जोगाउन सक्छ," उनले थपिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.