'लाखौँ कुरा बिग्रन सक्छ' - इरानको युरेनिअम जफत गर्नु अमेरिकाका लागि किन जोखिमपूर्ण हुन्छ?

'लाखौँ कुरा बिग्रन सक्छ' - इरानको युरेनिअम जफत गर्नु अमेरिकाका लागि किन जोखिमपूर्ण हुन्छ?

bbc.com . १ घण्टा अघि

अमेरिकी सेनाले इरानको संवर्धित युरेनिअमको भण्डार जफत गर्नका लागि गोप्य र भूमिगत परमाणु केन्द्रमा हमला गर्नु टाढाको कुरा जस्तो सुनिन सक्छ। तर यो एउटा विकल्प हो जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धमा आफ्नो मुख्य उद्देश्य हासिल गर्न विचार गरिरहेको ठानिएको छ: त्यसले इरानलाई परमाणु अस्त्र तयार पार्नबाट रोक्नेछ।

बीबीसीसँग कुरा गरेका सैन्य विज्ञ र अमेरिकी पूर्व रक्षा अधिकारीहरूका अनुसार यस्तो काम अत्यन्त चुनौतीपूर्ण र खतरापूर्ण हुनेछ। उनीहरूले यसका लागि स्थलगत सेना परिचालन गर्नुपर्ने र यो पूरा हुन धेरै दिन वा साता लाग्न सक्ने बताएका छन्।

मध्यपूर्वका लागि पूर्व उपसहायक रक्षामन्त्री मिक मलरोयले युरेनिअमको भण्डार हटाउनु "इतिहासको सबैभन्दा जटिलमा पर्ने विशिष्ट कारबाहीहरू" मध्ये एक हुने बताए।

यो गतिविधि ट्रम्पले इरानमा गर्नसक्ने कैयौँ सैन्य कारबाहीमध्ये एक हो।

इरानले बम बनाउन केही महिनाभित्रै युरेनिअम संवर्द्धन गर्न सक्ने आईएईएका प्रमुखको भनाइ

इरानी परमाणुकेन्द्र र वायुसेनाको मुख्य शिविर भएको सहरमा ठूलाठूला विस्फोट

उनले चाल्नसक्ने अन्य कदममा अमेरिकाले खार्ग टापुलाई नियन्त्रणमा लिएर इरानलाई स्ट्रेट अफ होर्मुजलाई पुन: पूर्ण रूपमा खोल्न दबाव दिने प्रयास पनि पर्छ। अमेरिकी प्रशासनले इरानलाई वार्ताको टेबलमा आउन दबाव दिन नयाँ सैन्य कारबाहीको धम्की दिइरहेको पनि गरिरहेको हुनसक्छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँगको मंगलवारको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानको 'इनरिच्ड युरेनिअम' नहटाई वा नष्ट नगरी युद्धमा जीत घोषणा गर्न सम्भव छ कि छैन भन्न अस्वीकार गरेका छन्।

तर उनले गत जुनमा अमेरिका-इजरेल आक्रमणमा भएको क्षतिलाई औँल्याउँदै त्यसतो भण्डारलाई कम महत्त्व दिएको देखियो। "यो यति गहिरो छ कि यो कसैका लागि पनि धेरै गाह्रो हुनेछ," ट्रम्पले भने। "यो धेरै गहिरो छ। त्यसैले... यो धेरै सुरक्षित छ। तर, तपाईँलाई थाहा छ, हामी एउटा निर्णय गर्नेछौँ।"

वाल स्ट्रिट जर्नलले अमेरिकाले उक्त परमाणु पदार्थ निकाल्ने तयारीका बारे विचार गरिरहेका समाचार सार्वजनिक गरेपछि उनको यो भनाइ आएको हो। ह्वाइट हाउसले भने ट्रम्पले अझै अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ।

विज्ञहरूका अनुसार इरानको अस्त्र भण्डारलाई लक्ष्य बनाइ गरिने करबाहीले निकै ठूलो व्यवस्थापकीइ चुनौतीहरूको सामना गर्नुपर्नेछ।

युद्धको सुरुवातमा इरानसँग लगभग ४४० किलोग्राम युरेनिअम रहेको विश्वास गरिन्छ जुन ६० प्रतिशतको शुद्धतासम्म प्रशोधित थियो। अस्त्र-स्तरको युरेनिअमको लागि आवश्यक ९० प्रतिशत थ्रेसहोल्डमा त्यो पदार्थलाई धेरै छिटो प्रशोधन गर्न सकिन्छ।

इरानसँग लगभग १,००० किलोग्राम युरेनिअम २० प्रतिशत प्रशोधित र ८,५०० किलोग्राम युरेनिअम ३.८ प्रतिशत प्रशोधित रहेको ठानिन्छ छ जुन चिकित्सा अनुसन्धानको लागि स्वीकृत थ्रेसहोल्ड प्रतिशत हो।

अमेरिका 'दुईदेखि तीन साताभित्र' इरान युद्धबाट 'बाहिरिने'

इरान युद्धमा पाकिस्तानी मध्यस्थताका लागि ट्रम्प कसरी तयार भए

बम वा क्षेप्यास्त्रका लागि सजिलै प्रयोग गर्न सकिने अधिकांश युरेनिअम इस्फाहानमा भण्डारण गरिएको विश्वास गरिन्छ। गत वर्ष अमेरिका-इजरेलले गरेको हवाई आक्रमणमा परेका इरानका तीन भूमिगत परमाणु केन्द्रमध्ये यो पनि एक हो।

तर अति संवर्धित युरेनिअम अन्य कति स्थानहरूमा भण्डारण गरिएको छ भन्ने स्पष्ट छैन।

ओबामा र ट्रम्प प्रशासनका पूर्व वरिष्ठ अमेरिकी रक्षा अधिकारी जेसन क्याम्पबेलले यदि अमेरिकालाई भण्डार कहाँ छ भन्ने ठ्याक्कै थाहा भएमा सैन्य कारबाही गर्न सजिलो हुने बताए।

"सबैभन्दा राम्रो अवस्था के हो भने यो कहाँ छ भन्ने ठ्याक्कै थाहा हुनु," क्याम्पबेलले भने। "यदि यो चार फरक क्षेत्रहरूमा फैलिएको छ भने तपाईँ जटिलताको पूरै फरक स्तरको बारेमा कुरा गर्दै हुनुहुन्छ।"

इस्फहानको अतिरिक्त केही अत्यधिक संवर्धित युरेनिअम फोर्डो र नतान्जमा पनि भण्डारण गरिएको हुनसक्छ। गत वर्ष यी दुई संवर्धन केन्द्रहरूमा पनि 'अपरेशन मिडनाइट ह्यामर' नामक सैन्य कारबाहीका बेला लक्षित गरिएको थियो।

इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सीका निर्देशक राफेल ग्रोसीले गत महिना इरानको अत्यधिक प्रशोधित युरेनिअमको अधिकांश भाग इस्फहानमा भण्डारण गरिएको र केही अतिरिक्त सामग्री नतान्जमा रहेको हुन सक्ने बताए। तर ग्रोसीले थप विवरण उपलब्ध नभएको बताए किनभने सन् २०२५ मा अमेरिका-इजरेल हवाई हमलापछि त्यहाँबाट उद्धार गरिएका निरीक्षकहरू फेरि फर्केर ती क्षेत्रहरूमा नपुगेको उनले बताए।

"त्यहाँ धेरै प्रश्नहरू छन् जुन हामी फिर्ता जान सकेपछि मात्रै स्पष्ट हुनेछौँ," ग्रोसीले पत्रकारहरूलाई भने।

प्रशोधित युरेनिअम कहाँ छ भन्ने अमेरिकालाई थाहा छ भन्ने अनुमान गर्दा पनि त्यहाँसम्म पहुँच पाउने कार्य अर्को चुनौती हो।

अमेरिका-इजरेलको हमलाअघि इरानले आफ्नो परमाणु केन्द्र नजिकै रहेको भूमिगत कम्प्लेक्सलाई बलियो बनाएको संकेतहरू छन्। उदाहरणका लागि इस्फहानमा गत फेब्रुअरीको भूउपग्रहको तस्बीरले सुरुङ परिसरमा सबै प्रवेश गर्ने द्वारहरू माटोले बन्द गरिएको देखिन्छ जसले कुनै पनि कारबाहीलाई अझ गाह्रो बनाउने छ।

बाब अल-मान्डब : इरानले बन्द गर्ने धम्की दिइरहेको दोस्रो महत्त्वपूर्ण जलमार्ग

इरानले चाँडै सम्झौता नगरे ऊर्जाकेन्द्र र तेलखानी 'ध्वस्त' पारिदिने ट्रम्पको नयाँ चेतावनी

युद्ध सुरु भएदेखि नै अमेरिका र इजरेल इरानको नौसेनालाई ध्वस्त पार्न, उसको बलिस्टिक क्षेप्यास्त्र नष्ट गर्न र उसको औद्योगिक आधारलाई क्षति पुर्‍याउन हवाई हमलाको प्रयोग गर्न सफल भएका छन्। तर ती अन्य सैन्य उद्देश्यहरूको विपरीत विशेषज्ञहरूले इरानको प्रशोधित युरेनिअमको सुरक्षा जमिनमा सैनिकहरू परिचालन नगरी गर्न नसकिने बताएका छन्।

अमेरिकाले इस्फहान र नतान्ज वरपरका क्षेत्रहरूलाई नियन्त्रणमा लिन मध्यपूर्वमा तैनाथ गरिएको ८२ औँ एअरबोर्न डिभिजनको प्रयोग गर्न सक्छ। त्यसपछि परमाणु सामग्री व्यवस्थापन गर्न तालिमप्राप्त विशेष फौजलाई प्रशोधित युरेनिअम प्राप्त गर्न पठाइने छ।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले इस्फहान र नतान्जका सम्भावित परमाणु केन्द्र छिर्ने ठाउँ अमेरिकी हवाई हमलाबाट नराम्ररी क्षतिग्रस्त भएको देखाउँछन्। इरानबाट सम्भावित प्रत्याक्रमणको सामना गर्दा अमेरिकी सेनालाई प्रशोधित युरेनिअम पत्ता लगाउन र भग्नावशेष खन्न भारी उपकरणहरू आवश्यक पर्नसक्छ, जुन जमिनमुनि गहिरो सुरुङमा भण्डारण गरिएको विश्वास गरिन्छ।

"तपाईँले पहिले उत्खनन गर्नुपर्नेछ र (प्रशोधित युरेनिअम) पत्ता लगाउनुपर्छ जबकी ती क्षेत्र निरन्तर खतरामा रहने सम्भावना छ," क्याम्पबेलले भने।

यो एउटा खुला प्रश्न हो की इरानले कसरी प्रतिक्रिया जनाउन सक्छ, वा उसले देशको मुख्य परमाणु केन्द्रहरूलाई निशाना बनाउने अमेरिकी स्थल सैन्यका लागि कति खतराको अवस्था बनाउन सक्छ।

अमेरिका र इजरेलले "आवश्यक परेको खण्डमा यस प्रकारको कारबाहीलाई सबल बनाउन इरानी रक्षा क्षमतालाई कमजोर बनाइरहेका छन्," पूर्व अमेरिकी रक्षा अधिकारी र स्कोक्रफ्ट मिडल इस्ट सेक्युरिटी इनिसियटिभका गैर-आवासीय वरिष्ठ फेलो एलेक्स प्लिट्सासले भने। यद्यपि उनले यो अझै पनि "उच्च जोखिमयुक्त" कारबाही हुने बताए।

यो कारबाहीले धेरै रूपहरू लिनसक्ने भए पनि विज्ञहरुका अनुसार यसमा अमेरिकी सेनाले काम गर्नसक्ने हवाई क्षेत्र वा हवाई अवतरण क्षेत्र कब्जा गर्नुपर्नेछ र त्यसपछि इरानबाट प्रवर्धित युरेनिअम फिर्ता लिइसकेपछि हटाउनुपर्नेछ।

इरानको खार्ग टापु कब्जा गर्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा

हवाई क्षेत्र र अन्य पूर्वाधार सुरक्षित गर्न तालिमप्राप्त ८२औँ एअरबोर्न डिभिजनलाई अन्य अमेरिकी सेनासँग मिलेर मिसनको लागि सञ्जालन आधार अखाडा तयार पार्न प्रयोग गर्न सकिने सैन्य विज्ञहरूले बताएका छन्। एकपटक युरेनिअम प्राप्त भएपछि अमेरिकाले यसलाई देशबाट हटाउने वा स्थलमा नै यसलाई नष्ट गर्ने भन्ने प्रश्नको सामना गर्नेछ।

वरिष्ठ प्रशासनिक अधिकारीहरूले युद्धको सुरुवातमा अमेरिकाले इरानको अत्यधिक संवर्धित युरेनिअमलाई देशबाट हटाउनुको सट्टा स्थलमा नै नष्ट गर्ने विचार गर्न सक्ने बताएका छन्।

वासिङ्टन डीसीस्थित कन्जरभेटिभ थिङ्क ट्याङ्क जुइश इन्स्टिट्युट फर न्याश्नल सेक्युरिटी अफ अमेरिकाका इरानको परमाणु कार्यक्रमका विशेषज्ञ जोनाथन रुहीले यो एउटा ठूलो, जटिल र समय खपत हुनसक्ने कारबाही हुने बताए।

रुहीले इरानबाट युरेनिअम जफत गर्नु र बाहिर निकाल्नु छिटो हुने बताए। जसरी भए पनि यो कारबाही निकै जोखिमपूर्ण हुने उनको भनाइ छ।

"तपाईँसँग मूलत: आधा टन अस्त्रस्तरको युरेनिअम छ जुन तपाईँले निकाल्नुपर्छ," रुहीले भने।

"र लाखौँ कुरा बिग्रन सक्छन्।"

के खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउन थालेका हुन्?

मध्यपूर्वको युद्धका कारण नेपालमा कस्तो असर?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.