शनिवार र आइतवार दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय
सरकारले शनिवार र आइतवार गरी सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल जानकारी दिए।
सरकारले शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने भएको छ।
इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित हुँदा कैयौँ देशहरूले इन्धन खपत कम गर्न थप बिदा सहितका उपाय लगाइरहेका छन्।
"पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागु हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने" निर्णयबारे पोखरेलले भने।
सरकारले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय साधनमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: