होर्मुज जलमार्गमाथि इरानी फौजको 'पूर्ण नियन्त्रण'

होर्मुज जलमार्गमाथि इरानी फौजको 'पूर्ण नियन्त्रण'

bbc.com . २ घण्टा अघि

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर कालिबाफले होर्मुज जलमार्गमाथि इरानी फौजहरूले "पूर्ण नियन्त्रण" कायम राखेको बताएका छन्।

संयुक्त राज्य अमेरिकाले इरानी बन्दगाहहरूमाथि नाकाबन्दी जारी राखेसम्म उक्त महत्त्वपूर्ण जलमार्गमा अवरोध कायम राखिने उनले बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौता नभएसम्म होर्मुज जलमार्ग भएर आउजाउ गर्न खोज्ने जहाजहरूमाथि अमेरिकाले रोक लगाइरहने बताएका छन्।

इरानद्वारा होर्मुज जलमार्ग पुन: बन्द, ट्याङ्कर र पानीजहाजमा आक्रमण भएका विवरण

होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो

इस्लामाबादमा अमेरिकासँग हालै भएको शान्तिवार्तामा इरानी टोलीको नेतृत्व गरेका सभामुख कालिबाफले वार्ताका क्रममा केही मुद्दामा निष्कर्षमा पुगेको पाकिस्तानी सरकारी सञ्चारमाध्यमलाई बताएका छन्। तर सम्झौता गर्न नसकिने केही मुद्दामा इरानको अडान कायम रहने उनले उल्लेख गरेका छन्।

सभामुख कालिबाफले अमेरिकासँग युद्ध अन्त्य गर्ने दिशामा "वार्तामा प्रगति भए पनि" दुवै पक्ष शान्ति सम्झौतादेखि "टाढा" रहेको बताएका छन्।

युद्धविरामको समय घर्किँदै गरे पनि दुई पक्षबीच अर्को चरणको वार्ताका लागि अहिलेसम्म मिति तय भइसकेको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग "निकै सुखद कुराकानीहरू" भइरहेको बताएका छन्। होर्मुज जलमार्गलाई लिएर अमेरिकालाई "ब्ल्याकमेल" गर्न नपाइने उनको टिप्पणी छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्‌ले अमेरिकाले नयाँ प्रस्तावहरू पठाएको र तेहरानले त्यसको "समीक्षा गरिरहेको तर प्रतिक्रिया जनाउन बाँकी रहेको" जनाएको छ।

जलमार्ग पुनः बन्द

इरानले शुक्रवार होर्मुज जलमार्ग खोले पनि केही समयपश्चात्‌ फेरि बन्द गरिदियो। अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी लगाएर युद्धविरामको "उल्लङ्घन" गरेको भन्दै इरानले उक्त जलमार्ग पुनः बन्द गरिएको उल्लेख गरेको छ।

अमेरिकी इजरेली आक्रमणपश्चात् इरानले विश्वव्यापारका निम्ति महत्त्वपूर्ण उक्त जलमार्गमा अवरोध गर्दै आएको छ।

होर्मुज जलमार्ग खुलेको घोषणा शुक्रवार गरिएपछि आकस्मिक रूपमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको थियो।

अमेरिकी नाकाबन्दीअन्तर्गत उसका फौजहरूले होर्मुज जलमार्ग आउजाउ गर्न खोज्ने जहाजहरूलाई फर्काउने गरिएको जनाएको छ।

इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी गरिएयता हालसम्म होर्मुज जलमार्ग नजिकबाट २३ वटा जहाजलाई फर्काइएको अमेरिकी सेनाले बताएको छ।

यूकेका अनुसार ओमानभन्दा २५ नटीकल माइल टाढा एउटा ट्याङ्कर र एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण भएको छ।

उसका अनुसार विगत १० दिनभन्दा बढी समययता पहिलो पटक त्यस्तो आक्रमण भएको हो।

भारतको विदेश मन्त्रालयले दुईवटा भारतीय झण्डावाल जहाजमाथि आक्रमणमा परेका जनाएको छ।

त्यसअघि मरिन ट्रयाकिङ डेटाहरूले चारवटा एलपीजी ग्यास बोकेका पानीजहाजहरू र कैयौँ तेल पेट्रोकेमिकल ट्याङ्करहरू उक्त स्ट्रेट पार गरेर ओमानको खाडीमा अघि बढेका देखाएका थिए।

अमेरिकी नाकाबन्दीबीच भान्सले इरानमाथि लगाए होर्मुजमा 'आर्थिक आतङ्कवाद'को आरोप

अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.