Aajako Rashifal | Daily Rashifal | आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना कुरामा वचन दिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। बाटो काट्दा र यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा मन रमाउनेछ। आर्थिक समस्याले सताउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय अनुसार आफूलाई अनुकूल बनाउँदै जानुहोस्। सामाजिक दायित्व निर्वाहमा सफलता मिल्नेछ। आयआर्जनका नयाँ स्त्रोतहरू फेलापर्नेछन्। मनमा अज्ञात भयले सताउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक उत्तरदायित्व बढ्नेछ। कार्यक्षेत्रमा कुनै अपेक्षित कार्यले व्यस्त भइनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दीर्घकालीन महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सबैतिरबाट सद्भाव प्राप्त हुनेछ। रोकिएका महत्वपूर्ण कामहरू थालनी हुनेछन्। कुनै कुराले गर्दा मन प्रशन्न रहनेछ। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोस्। कुनै पनि निर्णय लिदा हतार नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य सबल हुनुका साथै इच्छाशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी नोकरीमा सफलता मिल्नेछ। लगनशीलताले शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसाय वा घरपरिवारमा संवेदनशील मामलाहरूमा धैर्यताको परिचय दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहला। दिनको उत्तरार्धमा शुभ खबर सुन्नाले मन हर्षित रहला। धार्मिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारमा कार्य गर्दा सतर्क रहनुहोला। खानपिनमा ध्यान दिनुहोस। परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमीनमा गरेको लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आफूभन्दा साना भाइबहिनीहरुमा आत्मीयता बढ्नेछ। गृहणीहरूलाई गृहकार्यमा अलि धेरै समय दिनुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संचित धनमा वृद्धि हुनेछ। बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ। पारिवारिक सदस्यमा सामन्जस्यताको कमी आउन सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.