भदौ २० गते देखि २६ गते सम्म
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक परिपेक्षमा आफ्नोपक्ष बलियो रहनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। साताको अन्तिममा मन अस्थिर हुनाले कार्यक्षेत्रमा बाधा आउनेछ। कठिन समयमा मित्रहरूबाट सहयोग मिल्ला। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग केशरी र रातो हो भने शुभ अंक १ र ५ रहेको छ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउने समय रहेको छ। धर्म कर्मतर्फ मन जानेछ। साताको मध्यमा शेयर बजारबाट फाइदा हुनेछ। व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ। साताको मध्यमा भौतिक सुख सुविधामा धन खर्चका योग छन्। आँटेको कार्यमा सफलता मिल्नेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ५ र ८ रहेको छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ। जग्गा जमिनबाट सोचेजस्तो लाभ आर्जन गर्न नसकिएला। साताको मध्यमा शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। प्रेमीबाट बिशेष उपहार प्राप्त होला। साताको अन्तिममा समयको सदुपयोग गर्नुहोस। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक ५ र ९ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। साताको मध्यमा भौतिक संसाधन जुटाउनमा सफल भइनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस। साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ। दैनिकी कार्यक्षेत्रमा जिम्मेदारी बढ्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सुन्तला हो भने शुभ अंक ३ र ७ रहेको छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा रोकिएको कामले गति लिनेछ। परीक्षामा सफल भइनेछ। साताको मध्यमा जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। साताको अन्त्यमा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। स्वास्थ्यमा कमजोरिले गर्दा कार्यक्षेत्रमा बाधा उत्पन्न हुन सक्छ तसर्थ भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सिन्दुरी हो भने शुभ अंक ५ र ८ रहेको छ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा प्रेम र मित्रताको बन्धन कसिनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। साताको मध्यमा अरुको विश्वासमा कुनै कार्य अधुरो नछोड्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। साताको अन्तिममा सम्पादित कामबाट मनग्य लाभ हुनेछ। बोलिको प्रभावले विशेष अवसर दिलाउनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ७ र ९ रहेको छ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साताको मध्यमा मनमा सोचेको कार्य पूरा हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साताको अन्तिममा सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक ३ र ९ रहेको छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा भाग्यको साथले नयाँ परिबन्ध जुराउनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोलिको विपरीत अर्थ लाग्नेछ। साताको अन्तिममा कार्यक्षेमा नयाँ अवसर हात लाग्नेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र आकाशे हो भने शुभ अंक ४ र ६ रहेको छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ। बच्चाहरूको पढाइ लेखाइलाई लिएर मन चिन्तित रहनेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। साताको अन्तिममा जग्गा जमिन र ठेक्कापट्टाको कामले विशेष लाभार्जन गर्न सकिएला। पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ। सदैव गायत्री मंत्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। साताको मध्यमा बोलिको विपरीत अर्थ लाग्नेछ। भौतिक संसाधन जुटाउन धन खर्च हुनेछ। साताको अन्तिममा धर्म कर्ममा मन जानेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र कलेजी हो भने शुभ अंक २ र ६ रहेको छ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ। आफन्तजनहरूबाट राम्रो सहयोग नमिल्ला। साताको मध्यमा जीवनसाथीसंग पायक स्थानमा यात्राका योग छन्। नयाँ पहिरनको अवसर मिल्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यलाई लिएर कमजोरीको अनुभूति हुनेछ। सदैव भगवान शिवलाई जल चढाएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक २ र ८ रहेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ। घैर्यको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला। साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोस। गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा शुभ कार्यको चर्चा हुनेछ। चिताएका काम पूरा हुनेछन्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग बैजनी र केसरी हो भने शुभ अंक ३ र ५ रहेको छ।