मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
अध्ययनमा आज एकाग्रता राम्रो रहनेछ। व्यापारिक भेटघाटबाट उपयोगी जानकारी हात लाग्नेछ। पुरानो साथीसँग फेरि कुराकानी सुरु हुनेछ। आकस्मिक लाभको आशामा ठूलो रकम लगानी नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।