मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ भावमा सूर्यको गोचरले आत्मबलमा कमी आउनेछ। परिवारमा जिम्मेवारी बढ्नेछ। समस्या दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। महिनाको मध्यदेखि बुधको युतिले नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आँटेको कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेवास्था नगर्नुहोस्। वैवाहिक सम्बन्धमा असमझदारी बढ्न सक्छ सावधान रहनुहोला। शुक्रको तृतीय स्थानमा गोचरले भाइबहिनीहरूसँग आत्मयीता बढ्नेछ। दूरसञ्चार वा लेखन कार्यबाट आर्थिक लाभका संकेत छन्। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा सानातिना गलतफहमीलेगर्दा सम्बन्धमा चिसोपन आउन सक्छ। सदैव भगवान गणेशको ध्यान गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: