मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा धैर्यताको कमीले पारिवारिक सद्भाव बिग्रिन सक्छ धैर्य राखौं। मित्रवर्गहरूको सहयोगले सफलता मिल्नेछ। वैमनस्यता बढ्न सक्छ। साताको मध्यमा प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। अविवाहित हुनुहुन्छ भने विवाहको कुराहरु चल्नेछ। परिवारसँग समय बित्नुको साथै मन प्रसन्न रहनेछ। साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्यले साथ दिनेछ। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक १ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: