Aajako Rashifal | Daily Rashifal | आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.