मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। द्वितीय भावमा सूर्यको गोचरले गर्दा सरकारी निकाय, प्रशासन र बैंकिंग सम्बन्धित कामकाजमा सक्रियता बढ्नेछ। धन संचयन वा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ तर अनावश्यक खर्च र घर सम्बन्धी कुराकानीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। महिनाको मध्यदेखि बुधको तृतीय भावमा गोचरले गर्दा धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्नमा सफल भइनेछ। पढाइ तथा प्रेम सम्बन्धको दृष्टिकोणले यो समय हजुरको लागि उपयोगी सिद्ध हुनेछ। प्रेम सम्बन्धमा एकअर्काप्रति आकर्षण बढ्नेछ र वैवाहिक सम्बन्धमा सुमधुर संवाद स्थापित हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ भने बोलि प्रभावशाली रहनेछ। शुक्रको तृतीय स्थानमा गोचरले पारिवारिक सम्बन्धलाई लिएर विषम परिस्थिति निर्माण हुनेछ। धार्मिक क्रियाकलाप भन्दा सांसारिक भोग विषयवस्तुमा मन रमाउनेछ। मंगलको प्रथम स्थानमा गोचरले गर्दा रिस बढ्ने र वैदेशिक काममा समस्याहरू देखापर्ने छ। स्वास्थ्य को दृष्टिकोणले टाउको दुख्ने र सानोतिनो चोटपटक लाग्न सक्छ सचेत रहनुहोस्। खानपानलाई लिएर आहारविहारमा सन्तुलन राख्नु आवश्यक रहेको छ।
View All monthly Rashifal
Liked by: