मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। लग्नस्त सूर्यले कार्यक्षेत्रमा मान प्रतिष्ठा बढाउनेछन्। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। समाजमा गुमेको स्थान प्राप्त हुनेछ। दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर जीवन साथीसँग मनमुटाव हुने सम्भावना देखिएको छ। स्वास्थ्य सबल रहनेछ। सानो प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। युवा वर्गहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ कार्य थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। परीक्षार्थीहरूलाई अनुकूल समय रहेको छ। सरकारी नोकरी वा पेशामा प्रभाव बढ्नेछ। यो महिना सञ्चित धन जोगाउन नसकिएला खर्चमा वृद्धि रहनेछ। सदैव भगवान सूर्यलाइ अर्घ दिएर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: