Aajako Rashifal | Daily Rashifal | आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.