धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । राहु ग्रहले सकारात्मक फल दिनेछ, सुख सुबिधामा बढोत्तरी हुने र न्यायीक कार्यमा सफलता मिल्नेछ भने शनिको साढेसातीको प्रभावले झुटा आरोप प्रत्यारोप, चोटपटकको भय, सम्पत्तीमा बिवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । वृहस्पति पनि प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन ।
व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायमा मानसिक चिन्ता बढेपनि लाभ नै मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयरबजारको लगानी निकै राम्रो रहन सक्छ । हार्डवेयर र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाईनेछ । खाद्य पदार्थको लगानीबाट त्यति फलदाई नहोला । आर्थिक दृष्टिले जेठ, असोज , कार्तिक र फाल्गुन माहिना बढी राम्रो रहनेछ ।
प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवस्यक रहेको छ, नत्र चाँडो निर्णय लिने र फूर्सदमा पछुताउनु पर्ला । विपरीत वर्गप्रती आकर्षण पनि बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवरबाट टाढा हुनु पर्नेछ ।
शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क हाँसिल गर्न सक्छन् । व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । कृषि र वाणिज्य विषयभने कमजोर रहन सक्छ ।
पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहीनेत र सङ्घर्ष गर्नु परेपनि नयाँ रोजगार पाईने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ ।
स्वास्थ्य
आफ्नै सानो हेल चेकराईंका कारणले ठुलो नोक्सानी बेहर्नु पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।
शुभ रङ्ग
पहेँलो, कालो, रातो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ४, ५, ७ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न शुक्रवार लक्ष्मीजीको दर्शन / पूजा गरे चाँडै सफलता पाईनेछ । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।
View All yearly Rashifal


Liked by: