धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। दशम स्थानको सूर्यले कार्यक्षेत्रमा आत्मविश्वास बढाउनेछ। पिताको कार्यक्षेत्रमा प्रगति हुनेछ। सरकारी र प्रशासनिक काममा प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। मानसिक ऊर्जा र स्वास्थ्य राम्रो रहनेछ। भाग्यस्थानमा शुक्रको गोचरले आय आर्जन फराकिलो बन्नेछ। विद्यार्थीहरूलाई लेखनकला वा दूरसञ्चारको क्षेत्रमा सफलता दिलाउनेछ। अभिव्यक्तिमा निखार आउनेछ साथै प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। पुराना कुरालाई मनमा बोझ बनाएर नयाँ अवसर गुमाउनु पर्ला सावधान रहनुहोस्। संयमता वा सतर्कताको साथ अगाडि बढ्नुहोस् सबै क्षेत्रमा सफलता पाउनुहुनेछ। सदैव गायत्री मन्त्रीको जप गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: