Karkat | Nepali Yearly Rashifal 2078 | कर्कट वार्षिक राशिफल २०७८

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशि भएका व्यक्तिहरू का लागि २०७८ साल मिश्रित फलदायी रहनेछ । बृहस्पति, शनि र केतुको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल नमिल्नसक्छ र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ, तर नयाँ कार्य प्राप्ति र मानसम्मान र पद प्रतिष्ठा प्राप्त हुनेछ । यदि जन्म कुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय 
व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानीको अवसर र नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगनीले पनि सफलता दिलाउनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगानीले सफलता नमिल्न सक्छ । नगद सापटी पनि नगरेकै राम्रो हुनेछ । व्यवसायीक दृष्टिले जेठ, असोज र माघ महिना फलदायी हुनेछ ।

प्रेम/सम्बन्ध 
प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केही अप्ठ्यारा परिस्थितीको सामना गर्नु पर्ला ।  

शिक्षा 
यो वर्ष शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ । गणित र स्वास्थ्य विषयका विद्यार्थीहरूलाई पढाई-लेखाईमा बाधा आउनसक्छ ।  ईन्जीनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ ।  साउन र चैत्र महिनामा रोकिएको परीक्षा सजिलै उत्तीर्ण गर्न सकिनेछ ।   


पेशा/रोजगार  
जागिरे हरूलाई सरुवा र बडुवा हुन सक्छ । वैदेशिक रोजगारमा लागेकालाई पनि राम्रै हुनेछ, तर सामूहिक व्यवसायमा खासै राम्रो हुनेछैन । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता जनाउन सक्छन् । 
स्वास्थ्य 
यो वर्षमा धातु तथा रगतसँग सम्बन्धित समस्या हुनसक्छ । घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । हड्डीको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । 

शुभ रङ्ग 
सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क  
१, २, ४, ५ र ६ शुभ अङ्क हो । 

दर्शन/पूजा/उपाय 
प्रत्येक विहीवार विष्णुभगवानको उपासना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । विहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक शुभफल र सफलता मिल्नेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.