कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नसक्छ। राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ। साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ। आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ। साताको अन्तिममा कानुनी समस्याहरूमा विजय प्राप्त गरिनेछ। नोकरी वा पेशामा मन अनुरुप कार्य गर्न सकिनेछ। साहसिक निर्णयहरूमा सफलता मिल्नेछ। व्यक्तित्वलाई सरल बनाउने प्रयास गर्नुहोला। यो साताको शुभ रंग रातो र गुलाबी हो भने शुभ अंक ३ र ६ रहेको छ।