मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशी हुनेहरूकालागि २०७७ साल मध्यम नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेसको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ । शनि कमजोर रहने हरूलाई वर्षभरिनै शनिको आद्य र मध्य साढेसातिको प्रभावले गरेको कार्यमा ढिलासुस्ती हुने र चोटपटकको भए रहनेछ, यदि जन्म कुण्डलीमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभफल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोवार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य तथा पर्यटकीय व्यवसाय फस्टाउनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ । तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख र असोज महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ ।
प्रेम/सम्बन्ध
वर्षको पूर्वार्धमा प्रेम प्रसंगमा नपरेकै राम्रो हुनेछ, अत: बिवाद बढ्न सक्छ । वर्षको उत्तरार्धमा भने प्रेमी/प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । आफ्नो कार्य क्षेत्रका सहकर्मीसंग भने मनमुटाव बढ्नसक्छ ।
शिक्षा
यो वर्ष विशेषगरी विज्ञान (science) विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधूरा विषयमा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूलेभने अलि बढी सफलता पाउनेछन् । शैक्षिकक्षेत्रबाट असार र फाल्गुन महिनामा अधिक सफलता मिल्नेछ ।
पेसा/रोजगार
वर्षको उत्तरार्धमा विद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहररूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कर्मचारीहरूको लागि निक्कै राम्रो हुनेछ । वैदेशिक रोजगारमा जानेहरू लाई भने त्यति राम्रो हुनेछैन ।
स्वास्थ्य
यो वर्ष रक्तचाप बढ्न सक्छ, अत: स्वस्थप्रति सजक रहनु होला । नशाको समस्यापनि बढ्न सक्छ र औषधि उपचारमा खर्च बढ्नेछ । नाक, कान तथा घाँटीमा समस्या आउला ।
शुभ रङ्ग
पहेंलो, निलो, हरियो, खौरो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
भगवान शिवाजी र शनिदेवको दर्शन, पूजा, आरधना, शनिस्तोत्र पाठ र ग्रह शान्ति गर्ने-गराउने साथै शनिवार पीपलमा जल चढाउनाले ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोलनेलाई शनिदेवको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।
View All yearly Rashifal


Liked by: