मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। सूर्यको नवम स्थानमा गोचर हुँदा भाग्यको साथ मिल्नेछ। विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ। माहको मध्यदेखि बुधको युतिले व्यापार क्षेत्रमा मनज्ञ लाभ आर्जन गर्न सकिनेछ। चिकित्साको क्षेत्रमा राम्रो सफलता प्राप्त होला। आर्थिक विषयवस्तुमा धैर्यताको साथ निर्णय लिनुहोला। मंगलको दशम स्थानमा गोचरले सरकारी जागिरको तैयारी गरिरहनु भएकालाई राम्रो सूचना मिल्नेछ। दाम्पत्य जीवनमा आपसी समझदारी र रमाइलो गर्दै राम्रो समय बित्नेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्ला। सहपाठिहरूसँग पायक स्थानमा भ्रमणका योग बनिरहेका छन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको सुरुवात गर्नुहोस्।
View All monthly Rashifal


Liked by: