मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो वर्ष सामान्य नै रहनेछ । वर्षको सुरुमा र अन्त्यमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्यभागमा रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । घर परिवरमा मांगलिक कार्यको आयोजना हुनेछ । तपाईंको राशिबाट बृहस्पति अष्टम भावमा रहनाले विद्या र बुद्धिको नाश हुनुका साथै ऋण, रोग र कर्म क्षेत्रपनि निर्बल रहनेछ । श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि अढैयाशनिको प्रभावले नराम्रा समचार सुन्नमा आउन सक्छ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले यो वर्ष शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । इलेक्ट्रोनिक र घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने त्यति राम्रो हुनेछैन । आर्थिक दृष्टिले साउन, भदौ र पौष महिना हानिकारक हुनसक्छ ।
प्रेम/सम्बन्ध
मित्रसँगको सम्बन्धमा उल्झन आउनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । आफन्तसंग पनि मन मुटाव बढ्न सक्नेछ ।
शिक्षा
शिक्षाको लागि यो वर्ष फलदायी नै रहेकोले राम्रो नतिजा पाईनेछ । पढाई-लेखईको लागि विदेश जाने योग छ साथै विद्या र बुद्धिको विकाश हुनेछ । विज्ञान र आई. टी.का विद्यार्थीहरूलाई पढाई-लेखईमा बढी सफलता मिल्नेछ ।
पेसा/रोजगार
यो वर्षको मध्यमा रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेकोछ । होटल तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरू लाई निकै राम्रो हुनेछ ।
स्वास्थ्य
वर्षको सुरुमा र अन्त्यमा चोट पटक र हास्पिटल सम्मको यात्राको सामना गर्नुपर्नेछ । पारिवारिक स्वास्थयमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला ।
शुभ रङ्ग
हरियो, रातो, खैरो र पहेंलो शुभ रङ्ग हो ।
शुभ अङ्क
३, ५, ६ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
शनिवार शनिदेव तथा हनुमानजीको दर्शन / आरधना गरी गरेको कार्यबाट चमत्कारी लाभ मिल्नेछ । प्रत्येक शनिवार पिपलमा जल चढाउनाले र कागलाई खानेकुरा दिनाले ग्रहपिडा कम हुनेछ । वृक्षारोपण गर्नालेपनि ग्रहवाधा कमहुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
View All yearly Rashifal


Liked by: