मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। षष्ठम भावमा सूर्य र मंगलको गोचरले वैदेशिक निवेश र उद्योग व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिएला। ११ गतेपछि शुक्रको गोचरले गर्दा शत्रुहरू पराजित हुनेछन। भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ। संघर्षबाट राम्रो सफलता आर्जन गर्न सकिनेछ। प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। जीवन साथीसँग मतभेदको सम्भावना देखिएको छ। स्वास्थ्यलाई लिएर सतर्कता अपनाउनुहोला। विद्यार्थीहरूको रचनात्मक विषयहरूमा उत्साह जाग्नेछ। एकाग्रता कायम राख्न गाह्रो होला। संयमित र स्पष्ट संवादले बिग्रेको काम बनाउन सक्नुहुनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ। प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद र जोखिमपूर्ण गतिविधिबाट बच्नुहोस्। समस्या लाई शान्तिपूर्ण तरिकाले सुल्झाउने प्रयास गर्नुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal
Liked by: