World Day for Safety and Health at Work | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस | २०७६ वैशाख १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2019
    २०७६ वैशाख
    १५
    आइतवार
    Apr 28, 2019
    वैशाख शुक्ल प्रतिपदा
    काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ( World Day for Safety and Health at Work )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस




    काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस विशेष अडियो सामाग्री

    अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस मनाइन्छ, आउनुहोस् त्यस विषयतर्फ लागौं । मान्छेले आफ्नो अधिकांश समय कार्यवातावरणमा विताउने गर्दछ र बदलिँदो विश्वमा मान्छे आफ्नो काममै झनै व्यस्त अनि सहभागी हुँदै गएको छ । सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घन्टाको एक तिहाई समय हो । अति सामान्य अवस्थामा पनि कामकाजी मान्छेले आफ्नो दिनको एक तिहाई समय काममा व्यतित गर्दछ भने ओभरटाईम या अन्य डेडलाईनमा त झन यसभन्दा धेरै समय कार्यलय या काममा व्यतित हुनेगर्दछ । अझ वैदेशिक रोजगारमा जानेहरु त झनै वर्षौवर्ष विदेशमा बस्दछन्, उनीहरुले सर्वाधिक समयनै कार्यवातावरणमा विताउने गर्दछन् ।

    यस्तो मान्छेले सबैभन्दा धेरै समय व्यतितगर्ने कार्य अथवा काममा सुरक्षा र स्वास्थ्यको अवस्था भने राम्रो र गुणस्तरिय हुन जरुरी छ । अहिलेपनि विश्वभरि हजारौं कामदारहरु हानीकारक वातावरणमा अनि जोखिमपूर्ण कार्य गर्न बाध्य छन् । विभिन्न हवाइजहाज कम्पनीले सुरक्षामा लापरवाह गर्दै पुराना र जीर्ण जहाजमा आफ्ना कर्मचारीहरुलाई दैनिक उडाइरहेका छन् भने अर्कोतर्फ जोखिमपूर्ण तवरमा बिभिन्न हानीकारक विकीरणहरुबिचमा कार्य गर्न स्वास्थकर्मीहरु बाध्य छन् । सामान्य कामदार देखि विशिष्ट सीप भएका पेशाकर्मीसम्म काममा असुरक्षा र स्वास्थ्यलाई हानीकारक तवरमा कार्य गर्न वाध्य छन् । नेपालमा पनि दैनिक धेरै वैदेशिक कामदारका शवहरु बाकसमा फर्किन्छ र अधिकांशको मृत्यू काममा असुरक्षा र अस्वास्थ्य वातावरण नै हो ।

    धुलोमा मास्क लगाएर सिठी बजाइरहेका ट्राफीक देखि गाडीको ढोकामा झुण्डिएर जाँउ जाँउ भनिरहेका खलासीहरु सम्म जोखिममा कार्य गर्न बाध्य छन् । आजको दिनमा यस्ता धेरै मुद्धाहरुमा छलफल अनि पैरवी गरिन्छ । विभिन्न ट्रेड यूनियन अनि पेशागग अधिकार संघहरु आज सडकमा र्याली अनि सभाका साथ उपस्थित हुन्छन् र यस विषयमा जनजागरण फैलाँउछन् । विश्वभरिमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओ यस दिन निकै सक्रिय रहन्छ र विभिन्न विश्वस्तरिय कार्यक्रम र सञ्चार साम्रगी सम्प्रेषण गर्दछ । १० मा ८ दशमलव ८ अकं ल्याउने गरि विश्वभरिका कामदारको कार्यवातावरणमा सुधारगर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ ।

    नेपालमा पनि स्वदेश अनि विदेशमा कार्यरत नेपालीहरुको कार्य सुरक्षा अनि स्वास्थ्य रक्षार्थ विभिन्न पहल अनि कदमहरु चाल्न शुरु गर्नु पर्ने देखिन्छ भने चालिएका कदमहरुको उचित पैरवी र कार्यान्वयनमा ध्यान दिइन जरुरी छ । मान्छेको ज्यानमा खेलवाड गरेर दिइएका सेवा या बनाइएका उत्पादनभन्दा समतामुलक कार्यवातारवरण र सुरक्षा र स्वास्थ्यको जोखिन न्यूनिकरण नै आजको आवश्यक्ता हो । 

    विभिन्न सर्वैक्षणले बोलेअनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यू कार्यसम्बन्धीत जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । वर्षभरिमा ३ अरब १७ करोड कार्य सम्बन्धीत दुर्घटना हुने गर्दछन् र यस्ता कार्यमा स्वास्थ्य र सुरक्षाको सम्झौताका कारणले विश्वभरिकै कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशतले अवरोध गर्ने गर्दछ । विश्वभरिका देशहरुले कार्यवातारवरणमा थप मजबुत सुरक्षा र स्वास्थ्यका सयंन्त्रहरु अवलम्बन गर्न जरुरी छ । ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् । जोखिमपूर्ण कार्यमा भएका कामदारहरुको अनि वैदेशिक कामदारहरुको अनिवार्य स्वास्थ्य अनि जीवन बिमा हुनैपर्दछ, कार्यमा पसिना र मेहनत बगोस् जीवन हैन् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.