World Wildlife Day | विश्व वन्यजन्तु दिवस | २०७६ फागुन २० | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call ( use 2020 as Discount Code )

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Feb/Mar 2020
२०७६ फागुन
२०
मंगलवार
Mar 03, 2020
अष्टमी
विश्व वन्यजन्तु दिवस ( World Wildlife Day )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विश्व वन्यजन्तु दिवस





संसारभरिका जंगली जनावर र बिरुवाहरूको महत्वको विश्व समुदायसामु जागरूकता बढाउन हरेक बर्षको ३ मार्चको दिन संयुक्त राष्ट्र संघले विश्व बन्यजन्तु दिवस मनाउने गरेको छ। आजकै दिन संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तराष्ट्रिय ब्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरुको अन्तराष्ट्रिय ब्यापार पूर्णतया जायज र संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो। यस बहसको निस्कर्षलाई CITES अर्थात Convention on International Trade in Endangered Species भनेर नाम दिईएको थियो।

अहिले CITES को अनुसार अन्तराष्ट्रिय ब्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरु र २९२०० प्रजातिका बोट विरुवाहरु लोप हुने अवस्थामा छैनन्। यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तराष्ट्रिय ब्यापारले धेरै हद सम्म नियन्त्रण गरेको तथ्यांक रहेको छ। आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।

यस बर्षको विश्व वन्यजन्तु दिवसको मुख्य उद्देश्य भने पानि मुनि रहने बिभिन्न प्रजातिका जीव तथा विरुवाहरुको संरक्षण र तिनीहरुमा भविश्यमा आउँन सक्ने समस्याहरुको नियन्त्रण बारे मानव समुदायमा जागरुकता फैलाउनु हो। यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजिब निर्जीव प्राणिहरुको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामि एउटा सामाजिक र बौद्धिक प्राणि भएकाले यो कर्तव्य पनि हाम्रै हो। बन्यजन्तुको बिकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरुको लागि शुभ कामना।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.