
विश्वकर्मा पूजा
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
को हुन विश्वकर्मा बाबा ?
विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।
असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।
मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।


सूर्य षष्ठी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो सुर्यषष्ठी ?
हिन्दु सनातन दर्शनमा हरेक साना ठुला चाडपर्वलाई पनि निकै महत्त्व अनि धुमधामका साथ मनाइन्छ, दशैं, तिहार, रक्षा बन्धन, नागपञ्चमी लगायत थुप्रै चाडहरूको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।सुर्यषष्ठीलाई छठ या षष्ठीको दिन पर्ने भएकाले छठी पनि भनिन्छ, यस पर्व वर्षमा १२ पटक पर्न सक्छन्, भाद्र शुक्ल षष्ठीमा पर्ने सुर्यषष्ठीको आफ्नै महत्त्व छ ।
तृतीयाका दिन तिज, चतुर्थी मा गणेश चतुर्थी, पञ्चमीका दिन पञ्चमी व्रत पनि अब यी विशेष दिनहरूको लस्कर आएर षष्ठीका दिन ठोक्किएको हो, आजका दिन पनि कार्तिक मासमा झैँ सूर्यलाई अर्घ दिने, सूर्यको अर्चना गर्ने अनि सूर्यको प्रशंसाका लागि महत्त्व राख्दछ ।
व्रतहरूको लस्कर र सुर्यषष्ठी
पछिल्ला केही दिनहरूबाट नै व्रतका श्रृखलाहरु धमाधम रहिरहेका कारण यस सुर्यषष्ठीमा व्रतलाई उति महत्त्व दिइएको छैन, तिज, गणेश चतुर्थी अनि पञ्चमीको व्रत पछिको आजको विश्राममा सूर्य भगवानको कृपा एउटा सारथिका रूपमा मानिएको छ, प्रकाश र सत्यले साथ नछोडोस्, आजलाई यति कामना ।
मानवले देखेको सबैभन्दा ठुलो अनि जाज्वल्यमान कुरा नै सूर्य हो, सूर्य नै समग्र सृष्टिको श्रोत अनि तत्त्व रहेको मानिन्छ, यिनै सूर्यको अर्चना अनि उपासना गर्नका लागि आजको षष्ठीलाई विशेष मानिएको हो।
हरेक उदाउँदो अनि अस्ताउँदो सूर्यको हाम्रो जीवनउपर कृपा बनिरहोस् अनि सृष्टिको वृत्त चलिरहोस् ।


कन्या संक्रान्ति
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी संक्रान्तिहरु। सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो । आजका दिन सुर्य सिंह राशीवाट कन्या राशीमा प्रवेश गर्दछन, यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।
आजका दिन बिहानै उठेर जलकुण्डमा स्नान गर्ने र बिष्णुको आराधना गर्ने चलन छ । पितृ कर्मका लागि असोज महिनाको महत्व असाध्यै धेरै छ र आजवाट यस महिनाको सुरुवात हुँदै छ । अहिले यस वर्ष त झन कन्या संक्रान्ति का दिन सोह्र श्राद्धका पावन तिथिहरु चलिरहेका छन । पितृ कर्मका लागि प्रसिद्ध यस असोज महिना ले महान पर्व वडा दशैंको पनि सुरुवात गराँउछ । रौनक महिना असोजमा सबैलाई स्वागत छ ।


वास्तु दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।
दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।
वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।


राष्ट्रिय विज्ञान दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ ।
संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।
सन्दर्भः राष्ट्रिय विज्ञान दिवस
विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थाल्यो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो । विश्व बैंकका अनुसार चीनले सन् १९९६ मा कूल लगानीको शून्य दशमलव ५६ प्रतिशत लगानी गरेको थियो । सन् २०१५ आइपुग्दा यो लगानी बढेर २ दशमलव ०७ प्रतिशत भयो । तथ्यांक भन्छ, चीनका दश लाख मानिसमा १ हजार १ सय १३ जनशक्ति अनुसन्धानकर्ता छन् ।
भारतले १९९६ देखि २०१५ मा लगानी अनुपातलाई कम्तीमा शून्य दशमलव ६३ प्रतिशत कायम राख्न सफल भयो । युनेस्कोका अनुसार पछिल्लो समय भारतले कुल ग्राहस्थ्य उत्पादनको ० दशमलव ८ प्रतिशत सम्म कायम गरेको छ । भारतमा १० लाखमा १ सय ५६ जना अनुसन्धानकर्मी छन् ।
के तपाँईलाई थाहा छ ?
नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन लागिएको हो ।
कार्यक्रम किन ?
‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले तय गरेको नारा हो । यही सुन्दर लक्ष्य पूरा गर्न सरकार लागिपरेको देखिन्छ । त्यो समृद्दि हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्नपर्ने देखिन्छ । भलै यो लक्ष्यमा सरकारको यात्रा सहज देखिदैन तर केही ठोस पहलकदमी उपेक्षा गरिहाल्न मिल्ने छैनन् ।


विश्व बिरामी सुरक्षा दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व रोगी सुरक्षा दिवस, बिरामी सुरक्षाको बारेमा विश्वव्यापी चेतना जगाउने र बिरामीको हानि कम गर्न सबै देशहरू र अन्तर्राष्ट्रिय साझेदारहरूद्वारा ऐक्यबद्धता र एकताबद्ध कार्यको लागि आह्वान गर्ने उद्देश्य राखिएको छ।विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्य सेवा प्रणालीका सबै सरोकारवालाहरूका लागि सँगै काम गर्न र बिरामी सुरक्षा सुधार गर्न संलग्नता साझेदारी गर्ने अभियान पनि हो।


सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। आर्थिक विषयमा आम्दानी बढ्नेछ। मनमिल्ने मान्छेसँगको भेटले मनमा उत्साह थप्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।