आज कामको गति आफ्नै हातमा रहनेछ। आम्दानीसँग जोडिएको एउटा राम्रो सम्भावना देखिन्छ। नयाँ जिम्मेवारी आए पनि सम्हाल्न सकिनेछ। मनलाई अनावश्यक दबाब नदिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।


संविधान दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेको थियो ।
संविधानमा के छ ?
एकात्मक राज्य संरचनालाई संघीयतामा रूपान्तरण गरेको यस संविधानमा केन्द्र र हरेक प्रदेश संसदीय व्यवस्था ब्यवस्था अघि बढेका छन् । आफूले चाहेको लैङ्गिक पहिचानसहितको नागरिकता पाउने सहज ब्यवस्था गरेको यो संविधानले २०४७ सालको संविधान सरह मृत्युदण्डको खारेजीलाई निरन्तरता दिएको छ । छोरीहरूलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको ब्यवस्था गरेको यो संविधान हरेक प्रकारले लैङ्गिक सशक्तीकरणको पक्षमा दृढ छ । नेपाल राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रका रूपमा ब्याख्या गरेको छ ।
संविधानको प्रस्तावना
संविधानको प्रस्तावना भनिएको छ, ‘सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताको स्वविवेकले पटक–पटक हुँदै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दछ ।’
संविधानको प्रावधान अनि मर्म अनुरूप आज कुनै पनि नेपालीले लिङ्ग, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा विभेद सहन गर्नुपर्ने छैन् । अब त झन् विकास अनि समृद्धिका लागि प्रदेश र स्थानीय तहहरूलाई संविधानतः अधिकार प्राप्त छ । धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकासहितको कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिवद्धता राख्दछ ।
संविधानले भविष्यको आवश्यकता र पिँढी दर पिँढीको चाहनालाई प्रतिविम्बित गर्दछ । यस संविधानका पनि केही प्रावधानप्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका हैनन् । तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमतिमूलक नहुन पनि सक्छ । अनेक असमान्यस्थितिका बाबजुद विश्व इतिहासमै एउटा दुर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको हस्ताक्षरमा संविधान घोषित भएको हो । संविधानसभामा कायम ५९८ सभासदरुमध्ये सहमतिमा ५०७ जना सभासद्को हस्ताक्षर संविधानमा परेको छ । यो संविधानप्रति २५ असहमत सभासद् तथा ६६ सभासदले संविधानको निर्णायक मतदान अस्वीकार गरेका थिए ।
विश्व मानचित्रमा आजको मितिसम्म अधिकांश समुन्नत राष्ट्रहरू संवैधानिक तर्कहरूमा एकै पटकमा सर्व–सहमतिमा पुगेका हैनन् । संविधानप्रतिको असहमति सामान्य प्रक्रिया हो र असहमति नै थप परिष्कृत भएर निखारिने अझ राम्रो मौका पनि हो । संविधानले असहमत नागरिकका मुद्दाहरूलाई पनि सम्वोधन गर्दै हाम्रो अनि राम्रो संविधान बन्न सकोस् अनि समस्त नेपालीजनमा विकास र भातृत्वको लहर छाओस् ..
नेपालीजनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपालीपनको रातो र निलो छाताभित्र सबै जना अटाउन सकौँ । विधिको शासन होस्, विधि–प्रक्रिया अनि न्याय सरोवर होस् ।
समानता यस्तो होस् कि गाई पाल्ने को ढुंग्रोभरि मोही होस् । ठेकीभरि दही होस् अनि मानाभरि घिऊ ।
गरी खान पाइयोस्, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरू माफियातन्त्रबाट माथि होस् । सबैको एउटै आवाज होस् ।
मेरो नेपाल प्यारो छ ।


गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।


राधा जन्मोत्सव
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
राधा जन्मोत्सवको पृष्ठभूमि
राधाष्टमी सनातन हिन्दुहरूको पवित्र दिन हो । कृष्ण प्रिया राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री राधाजी वृष भानुको यज्ञ अग्नि प्रकट भएको थियो र यसै कारण पनि श्री राधालाई लक्ष्मीको अवतार मानिन्छ। राधा भगवान् कृष्णको सबैभन्दा प्रिय थिइन् । श्री राधाको आराधना नगरी भगवान् कृष्णको पूजा अधुरो मानिन्छ ।
राधाको नाम पछाडिको तर्क
श्री वृन्दावनेश्वरी राधाले वेद र पुराणदीमा श्री कृष्णलाई सधैँ आनन्द दिन्छन्, जसलाई "कृष्ण वल्लभ" भनेर प्रशंसा गरिएको छ। श्रीमद् देवी भागवतमा श्री नारायणले ‘श्री राधायै स्वाहा’ शक्रक्षा मन्त्रको अति प्राचीन परम्परा र उल्लेखनीय महिमाको सन्दर्भमा नारदलाई श्री राधा पूजाको अनिवार्यताको वर्णन गर्नुभएको छ।
यदि कसैले श्री राधाको पूजा गर्दैन भने उसलाई भगवान् कृष्णको पूजा गर्ने अधिकार छैन। त्यसैले सबै वैष्णवहरूले देवी राधाको प्रार्थना गर्नुपर्छ। त्यसैले सबै वैष्णवहरूले देवी राधाको प्रार्थना गर्नुपर्छ। श्री राधा भगवान् श्री कृष्णको जीवनको प्रमुख देवी हुन्, त्यसैले भगवान् राधा को अधीनमा रहनुहुन्छ। उनी सबै मनोकामनाको लागि राधान हुन्, त्यसैले उनलाई श्री राधा भनिन्छ।
राधा कृष्ण पूजा विधि
यस दिन राधाकृष्णको पूजा गर्नुपर्छ । दिनभर व्रत बसेर फलफूलको समय गर्नुपर्छ। श्री राधा र कृष्णको मूर्तिलाई पञ्चामृतले नुहाएर शृङ्गार गर्ने, बलि चढाउने र त्यसपछि धूप, दीप, फूल आदि अर्पण गरी पाँच रङ्गको धूलोले मण्डप बनाएर त्यसभित्र षड्कोण आकारको कमल बनाउने । त्यस कमलको बिचमा श्री राधाकृष्णको यर्तमूर्तिलाई पछाडि राखेर दिव्यासनको ध्यान गर्नुहोस् र भगवान् राधाकृष्णको भक्तिपूर्वक पूजा-आराधना गर्नुहोस्।
यस दिनको अनेक शुभकामना ।


