आउँदा दिनहरु
-
५वैशाखविश्व सम्पदा दिवस भोलि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ५ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ७ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ११ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १२ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १४ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १६ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १७ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १९ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २१ दिन पछि
-
२६वैशाखकानुन दिवस २२ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २४ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २७ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३१ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३३ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३६ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३८ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४० दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४१ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४२ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४३ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४५ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४७ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४९ दिन पछि
साहित्य / ब्लग
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- International Day For Monuments and Sites
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
Ekadashi
पुत्रदा एकादशी | खिर खाने दिन | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस | अन्तर्राष्ट्रिय मित्रता दिवस

पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एकदिन राजा सुकेतुमान घोडा चढि जंगल डुल्दै जाने क्रममा घना जंगलभित्र पुगे । जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जंगलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेदपाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।
राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको ब्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको ब्रत अनिवार्य भएको बताईदिए । राजाले पनि सवै विधि पुरा गरी पुत्रदा एकादशीको ब्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी ब्रतको महात्मे महत्वपूर्ण मानिन्छ ।
यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ । यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर ब्रत र पूजा समापन गरिन्छ ।
आजको दिनको शुभकामना ।
खिर खाने दिन
दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।
नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।
मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द 'क्षिरमा'बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई 'पायस' तथा कतैकतै यसलाई 'तस्मै' पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।
भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
हामी संस्कृती र संस्कारमा साँच्चीकै धनी छौं, खिर खानलाई कुनै कार्जे या उपलक्ष्यनै कुर्नपर्छ भन्नेपनि छैन्, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरकोलागि प्रचलित छ ।
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै अाएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दुधको ब्यापक बिक्रि हुन्छ नेपालमा । बिहानैदेखि दुध पसलहरुमा भिडभाड हुनेगर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौ है । ल है शहरतिर हो भने त डेरीमा अरूदिन ३-४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला... ढिलो हुँदा नपाइएला नि !
लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपाली, बालीनाली सप्रियोस, मानो खाएर मुरी उब्जाउन सकियोस, अषाढ र श्रावणको दुखः मंसिरमा सुख र आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस्, खिरसंगै शुभकामना !
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो।
संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। हरेक वर्षझै आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानसहरुमा सचेतना फैलाउन “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” मनाउदैछ ।
गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
कहिले सयौं नेपाली बालबालिकाको शरीरबाट विक्री हुने अंगहरु झिकेर विक्री गरिएको खवरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर, हामी विकास र प्रगतिको प्रयास त गर्दैछौ तर यी र यी जस्ता थुप्रो सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ। मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।
अन्तर्राष्ट्रिय मित्रता दिवस
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनकालागि निस्वार्थ हुन जरुरी छ ।
आज संझना गरौं न, कक्षाकोठामा सिसाकलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पती साटदासम्म साथ दिएका लिएका मित्रहरुलाई । इजांर या इलास्टीक खुकुलो भएको कट्टु समाँउदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौं । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथीएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरुमा सहृदय र सदभाव भएका मित्रहरुको पाइलाका डोबहरु यादगार रहनेगर्दछ ।
घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि बिभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैब हुने गर्दछ । बास्तवमा संसारले प्रेमलाई झैं मित्रतालाई पनि आफ्ना साहीत्य, कला अनि कथनहरुमा उत्तिकै महत्व दिएको छ, मित्रताका बारेमा धेरै चलचीत्र, गीत, कथा अनि कविता कथीएका छन् ।
नारायण गोपालले पनि यसै बारणले बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जीन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जीन्दगीमा भनेंर । त्यसपछि पनि धेरै गीतहरु मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चीत र कालजयी बनेका छन् । दुना र टपरीदेखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?
लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरु देखी भागेर फिल्म हेर्न गएकाहरु सम्म, लुगा साटासाट गरेका जिग्रीहरुदेखी कपी साटेका पढन्तेहरु सम्म, अनेक रुप र स्वरुपका मित्रहरु हाम्रो बाल्यकाल, बयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।
मदर टेरेसाका शब्दमा भन्न चाह्यौं
आफ्ना मित्रलाई सिद्ध हुन भनेंर आश नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यसअर्थमा हामीहरुले मित्र अनि संगतबाट पनि धेरै कुराहरु सिकेका हुन्छौं । अर्कोतर्फ सत्य अनि सही मित्रहरु छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाँउमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायीत्व पनि त हो ।
साथीहरुसंग खेल्न र बोल्न पाँउदा कैयन ज्वरो, दुखाई, बेथिती अनि उकुसमुकुसहरु हराउदछन् । कुनै चलचीत्र हेरेपछि साथीहरुसँग त्यसको बारेमा गरिएका बखानहरु, मनपर्दो कलाकार अनि गायकका बारेमा गरिएको कुराकानी, गुच्चा खेल्दाका घच्ची पिलाउने खाल्डाहरु, जितेका अनि हारेका रबरव्याण्डहरु अनि सँगै कुखुरा बनेका कक्षाकोठाहरु सबैले मित्रताको अनेकन पल अनि परिभाषाहरु व्याख्या गर्दछन् ।
बुढा, तरुना, बच्चा लगायत हरेक उमेर समुहका हरेक उमेर समुहसँग मित्रता हुन सक्दछ । मित्रता उमेर र बर्ग भन्दा कोशौं पर छ । हरेक बर्षको अगस्त महिनाको प्रथम आइतबार बिश्वभरि मित्रताको महाकुम्भ लाग्नेगर्दछ, मित्रता दिवसका रुपमा यस दिनमा सबैले आआफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।
यसक्रममा मित्रताको हाते धागो अर्थात फ्रेन्डशिप व्याण्डको चलन बहुप्रचलीत छ । नेपालमा पनि बिभिन्न प्रकारका कार्यक्रम, भेटघाट र उत्साहका साथ यस दिन मनाइन्छ है । सँगै पढेका, संगै काम गर्ने, संगै भएका या नभएका सम्पूर्ण मित्रहरुलाई आफ्नो माया जागृत गर्नुहोस् । मित्रता छ र त संसार यति मिठो छ , हैन र ?
झगडा, बैमनस्यता परेको छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको एैना हो, यस समबन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस ।
राम्रो साथी बन्न र बनाँउन लागीपरौं, जय होस् ।
सुयोग ढकाल
आउँदा दिनहरु
-
५वैशाखविश्व सम्पदा दिवस भोलि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ५ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ७ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ११ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १२ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १४ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १६ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १७ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १९ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २१ दिन पछि
-
२६वैशाखकानुन दिवस २२ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २४ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २७ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३१ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३३ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३६ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३८ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४० दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४१ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४२ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४३ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४५ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४७ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४९ दिन पछि
साहित्य / ब्लग
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- International Day For Monuments and Sites
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: