आउँदा दिनहरु
-
११चैत
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ५ दिन पछि
-
१७चैत
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत ८ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १३ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत १५ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत १७ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस १८ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा २१ दिन पछि
-
२वैशाखविश्व कला दिवस २२ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २३ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस २५ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत २७ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस २८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस २९ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ३० दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३३ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३४ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३५ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ३६ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ३७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ३८ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४० दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ४२ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४३ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४४ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४५ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ४६ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस ४८ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- Ghode Jaatra
- घोडे जात्रा
- SEE 2081 – Optional Second Subject
- SEE २०८१ - ऐच्छिक द्वितिय
- SEE 2081-Optional First | Pradosh Vrata
- SEE २०८१-ऐच्छिक प्रथम | प्रदोष व्रत
- World Theater Day | SEE 2081-Compulsory Social Studies
- विश्व रङ्गमञ्च दिवस | SEE २०८१-अनिवार्य सामाजिक अध्ययन
- SEE 2081-Compulsory Science and Technology | Paapmochini Ekadashi Vrata
- SEE २०८१-अनिवार्य विज्ञान तथा प्रविधि | पापमोचिनी एकादशी व्रत
- World Tuberculosis Day
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
भदौ कृष्ण औंसी
कुशे औंशी | बुवाको मुख हेर्ने दिन | मोतीराम जन्मजयन्ती

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।
आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधूनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।
कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।
"यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई" भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा-आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।
कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।
हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।
बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बुवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दैगएको छ ।
बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र र?
सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।
-------
मोतीराम जन्मजयन्ती
कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
कुशे औंसी त नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । एकार्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।
कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशै औंसीका दिन काठमाडौको भोसिको टोलमा उनको जन्म भएको थियो ।
दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः
अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा
यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो।
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।
नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारतजीवनुलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् । मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा शारदाुको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै शारदाुलाई मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ
हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ
यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी
विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई
नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।
---
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: