Ganesh Chaturthi Wrata/Rashtriya Dharmasabha Diwas | गणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस | २०७७ भदौ ६ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Aug/Sep 2020
२०७७ भदौ

शनिवार
Aug 22, 2020
Chaturthi
गणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ( Ganesh Chaturthi Wrata/Rashtriya Dharmasabha Diwas )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

गणेश चतुर्थी | राष्ट्रिय धर्मसभा दिवस




गणेश चतुर्थी विशेष अडियो सामाग्री

:: श्री गणेशाय नम ::
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।


आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" ।  यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।

महिनौदेखिको तिजको रौनक हिजो सकियो । महिलाहरूले हिजो गरेको कठोर निराहार, निर्जल व्रतको थकान छ अझै केही बाँकी नै छ होला तर नयाँ उर्जाका साथ पक्कैपनि आजको दिन यदि शुरु गर्ने तरखरमा हुनुहुन्छहोला । हिजो तृतिया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्तिको जन्मदिन । कसैकसैले आजको दिनलाई विनायक चतुर्थि पनि भन्दछन् । गणेश भनौं या विनायक भनौं या गजाधर जे नामले सम्झिएपनि यी सम्पूर्ण नाम भगवान गाणेश कै हो ।



१०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ र उनको जन्मकाबारेमा दुइखाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेकोछ ।

अर्को किवंदन्तीका अनुसार देवताहरुको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपुजा अर्थात प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरु हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।

यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विशेषतः तराइक्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन तरकारी छिमेकिका करेसाबारीबाट या गोठवाट चोर्ने चलन छ । यस याममा हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका माैसमी फलहरु आजको रात चोरिन्छ । एउटाको गोठबाट गाइगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा वाली खानेगरि छोडिदिने, रुखहरु काटिदिने आदिजस्ता रमाइलोको नाममा उत्पट्याङ्ग हर्कतहरु पनि गरिन्छ जुन अवश्य पनि राम्रो हैन ।

चाडपर्वहरु समानता र सौहार्दताको परीधिबाहिर जान हुँदैन र चाडपर्वले समाजमा वैमनस्यता हैन अपनत्व र सदाशयता बढाउन सक्नुपर्दछ । आजको साझँमा चन्द्र देखिहाल्नुभयोभने दोष कटाउनकालागी रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाइको घरमा फलका बृक्षहरु छन् भने राती बसेर तिनको सुरक्षा गर्नुहोला किनभने आज चाैथीको चोर चाैथि हान्न सक्रिय हुन सक्छन् ।

राष्ट्रिय धर्मसभा दिवस


 


बि.सं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौं ।

आजभन्दा करिब १०० बर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधूनीक इतिहासमा बि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरुलाई निम्तो दिएर एकहप्ता लामो धर्मसभाको अायोजन गरेका थिए । त्यस धर्मसभा पछि नै नेपालको आधिकारीक र औपचारीक सम्वत विक्रम सम्वत भएको हो ।

सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभामार्फत् सम्पूर्ण धर्म, समूदाय अनि परम्पराहरुको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्मसभा नेपाल एउटा सस्थांकारुपमा नेपालीजनको धर्म अनि वैदिक सनातन संस्कारमात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।

बिसं २०६६ सालमा तत्कालिन नेपाल सरकारले ३ वटा असंवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारीक सम्वतलाई ई.सं. बनाएर केवल ११ महिनाको एक बर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहीत राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो।

विक्रम सम्वत आँफैमा नेपाल सम्वत र ई.सं. दुबैका बहुल गुणहरु सहित बैज्ञानीक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात नेपाली परम्पराको रक्षार्थ औपचारीक रुपमा धर्मशभाको दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थिका दिन हरेक बर्ष राष्ट्रिय धर्मशभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराइले हाम्रो पात्रोलाई बताउनुभयो ।

यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतीको रक्षार्थ धर्मशभाले पञ्चागं निर्णयक समितीसंग पनि नजिकै रहेर कार्य गर्ने, हरेक बर्षका पात्रोहरुमा समावेशी चाड अनि तिथीहरु समावेश गराउने सम्मका कार्यहरुको पनि पहरेदारी गर्दछ । हरेक बर्ष धर्मसभा समितीले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरुको रक्षा र सम्बर्धन गर्ने कार्य गरेको छ ।

यस बर्षको धर्मसभा दिवसले आगामी बर्षहरुमा पनि नेपालीजनको पहिचान, आस्था, परम्परा र रितीलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपालीजनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुमा धर्मशभा दिवसको शुभकामना व्यक्त गर्दछ ।
_____
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.