आउँदा दिनहरु
-
२५असोज
-
२६असोज
-
२७असोज
-
२८असोजदशैं विदा ३ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ५ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १४ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १७ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १८ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १९ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २१ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २३ दिन पछि
-
१९कार्तिकतिहार बिदा २४ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २५ दिन पछि
-
२२कार्तिकछठ पर्व २७ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २८ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३३ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३७ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३९ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४० दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४१ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४३ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४५ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४६ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४८ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५० दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५१ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
साहित्य / ब्लग
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
असार शुक्ल पूर्णिमा
गुरु पूर्णिमा | व्यास जयन्ती
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मामृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
अर्थात्
‘हे भगवान, मलाई सदैव सत्यलाई आत्मसात् गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख । सदैव ज्ञान र चेतनाको उज्यालो देऊ । त्यस दिशाको मार्ग देखाऊ । मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।’
उपनिषद्बाट साभार उपरोक्त मन्त्रको अर्थले ज्ञानरूपी उज्यालो र त्यसको महत्व दर्शाउँछ । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।
यो संसारमा शान्ति होस् । आदि–दैविक शान्ति होस्, आदि–भौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।
हरेक प्राणीको अन्तिम सत्य अमरत्व र उज्यालो हो । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायका भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरु तत्वको ठूलो महत्व छ । संसारमा सायद ज्ञान मात्र यस्तो विषय हो, जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ । यो दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यो दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ ।
सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन् ।
चाहे मुस्लिमहरूको मदरसामा तपाईँलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक–शिक्षिकाहरू किन नहुन् ? उनीहरूले सिकाएका र दिक्षाएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौँ ।
भनिन्छ, असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दुविधाहरूको निरोध हो । तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधिको यो युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरूरत छ, न त गुरु दक्षिणाका रूपमा औँला काटेर बलिदान दिनुपर्छ । विश्वस्तरका शिक्षाका लागि संस्थागत रूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरूले पनि हामीलाई गुरुरूपी शिक्षा दिइरहेका हुन्छन् ।
औषधिको तथ्य र असरदेखि चन्द्रमाका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहीँका श्रोतबाट अध्ययन गर्ने यो पुस्ताहरूलाई गुरु–पूर्णिमाले केही फरक अनुभव दिन सक्छ ।
तर संसार जहाँ नै पुगे पनि गुरु–तत्वले स्वरूप परिवर्तन गरेको हो, शिक्षा आकाशबाट बर्सिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरू सबै जना गुरु हुन्, गुरु तत्व हुन् । संसार जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र ब्यवसायिक रूपमा उपलब्ध भए पनि संसारमा गुरु तत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरु तत्वको त्यही महत्वलाई आत्मसात् गरेर हुन सक्छ, सनातन संस्कार–संस्कृतिमा वर्षपछिको वर्ष र युगपछिका युगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ ।
आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरु तत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ ।
गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैँ अघि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो, गुरु पूर्णिमा ।
‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
एकफेर सोचौँ न, हामीलाई जिन्दगीले कति धेरै कुराहरू सिकाएको छ । जस्तै हामी सही र गलतमा फरक छुट्याउन सक्छौँ । वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौँ । तपाई हामीले कुनै बखत सही कुरा र पथ छान्यौ या छानेनौँ भनेपनि हामीले आफ्ना पाइलाहरू कतातिर जाँदैछ भनी अरु कसैलाई सोध्नै पर्दैन । हृदयको स्पन्दनले आफैँ हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ ।
गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।
सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वको सही उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !
व्यास जयन्ती
गुरु पूर्णिमा गुरु व्यासको पनि जन्म दिन पर्छ । आज थोरै यी अष्ट चिरन्जिवीमध्येका एक चिरन्जिवी, अमर अनि गुरुका गुरु व्यासका विषयमा कुरा गरौं ।
गुरु व्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन् । महाभारतका भीष्म र व्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शन्तनुले सत्यवतीलाई विवाह गर्छन्, सत्यवतीका पिता माझी हुन्छन् ।
राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्छन् । यसअघि शन्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहन आफू स्वयंले राजकुमारबाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन् । यिनका पिता परासर हुन् । परासर र सत्यवतीको अध्यात्मिक समागमले व्यासको जन्म भयो । आफ्नी जन्म दिने माताको खोजीका क्रममा व्यास हस्तीनापुर दरबारसम्म पुग्छन् । यिनै व्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । कथेका हुन् । सबै वेद, श्रीमद् भागवत अनि १८ पुराणका सर्जक व्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ ।
व्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुट्याएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।
हरेकको मनमा हरि रहून्, हरेकको मनले व्यास पढा्ेस् ।
शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख

Liked by: