आउँदा दिनहरु
-
२४साउन
-
२६साउनपूर्णिमा व्रत २ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत १४ दिन पछि
-
८भदौप्रदोष व्रत १५ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १९ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस २२ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत २३ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी २४ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ २५ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २६ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २७ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २८ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २९ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस ३२ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध ३४ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध ३५ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३६ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३७ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३८ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ४२ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४६ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४७ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा/ऋषितर्पणी/क्वाति खाने दिन/संस्कृत दिवस
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata/International Day of the World's Indigenous Peoples
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- Putrada Ekadashi Vrata
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
असोज शुक्ल अष्टमी
महाअष्टमी | विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

लिङ्गे पीङको मच्चाई अनि पारिवारिक जमघटका समयमा दसैँको निलो स्वच्छ आकाश अनि माधुर्यता बीचमा वर्षभरिको थकान बिट मार्दै दसँै मग्न हुनुभएको छ कि छैन ?
नौरथाको मेला अनि दुर्गा भवानीका शक्तिपीठहरूमा भीडभाड, कसैलाई मिठाई किन्न हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेँटी कसेर तास खेल्ने तिर्सना होला त कसैलाई साथीभाईसँग भेटघाटको तिर्सना । जे होस्, यस वर्षको दसैँको अष्टमीको शुभ दिन अनि शुभ–साइतको शुभकामना ।
आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दसैँघर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुआतमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।
आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतीको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् ।
शक्तिकी महास्वरुप महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।
आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दसैँ–घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आरधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।
त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरूमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।
काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।
बलि दिने विषयमा आजभोलि चौतर्फी रुपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित संघ–सस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै मासु खान जनावरहरूलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् ।
चाहे हिन्दूहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।
पछिल्लो समयमा बलि दिने विषयमा धेरै कमी आएको पाइएको छ । विशेषतः दसैँमा खसी काट्नैपर्ने, ज्वार्इँ–पाहुनालाई मासु खुवाउनैपर्ने चलन सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । बिहानैबाट खसी काट्ने घरमा विशेष चहलपहल रहन्छ । पानी तताउने अनि काट्ने मान्छे बोलाउने लगायत कसको घरको खसी कति किलोको भयो ? कसको घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुकता विशेषगरी केटाकेटीहरूमा रहने गर्छ ।
पहिले–पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषि प्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरूको सहज उपलब्धता भएकाले पनि बलि दिने चलन धेरै थियो । तर आजभोलि बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुन सक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।
अर्कोतर्फ मासुहरू राख्न चाहिने चिस्यानयन्त्र अर्थात् फ्रिजहरूको उपलब्धता धेरै नेपाली घरहरूमा नभएको कारणले पनि मासुहरू स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन् । अनि धेरै चिल्लो गरेर पक्कु मासुहरू धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । यस विषयमा मासु सेवन गर्दा सचेत रहन जरुरी छ ।
संस्कृतमा बलिको अर्थ कुनै पनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ । आजको दिन हामी पनि आफ्नो रीस–राग, मोह, इष्र्या अनि घमन्डको बलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ । सबैलाई महाअष्टमीको शुभकामना ।
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस
आज फलाना ठाउँमा बाढी आयो रे !
आज यो ठाउँमा पहिरो गयो !
भुईँचालोले यति मान्छे लग्यो !
ज्वालामुखी ले यसो गर्यो !
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै अनेकन प्राकृतिक प्रकोप र विपत्तिहरूको सम्भाव्य जोखिममा छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ नै ।
हरेक वर्ष विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्छ । अनेक किसिमका कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्युनीकरणका लागि यस दिवसको महत्व धेरै छ ।
सन् २०२१ को प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ 'International cooperation for developing countries to reduce their disaster risk and disaster losses' रहेको छ । विश्वभरिका देशहरूबीच प्राकृतिक प्रकोप नियन्त्रण निम्ति सहकार्यको पैरवी गर्न यो दिवसको भूमिकालाई यो वर्ष विशेष जोड दिइएको छ ।
प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौं । हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुन सक्ने हानि तथा जोखिम न्युनीकरण मात्र गर्न सक्दछौं, हैन र ? सन् १९८९ को राष्ट्र संघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरिएको हो र आज पनि यस दिनमा सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्छन् ।
यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरणस्तर बढाउनुपर्छ । पूर्वतयारी संरचनामाथिको पहूँच बढाउन अनि पीडितहरूको संरक्षणका लागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्रसंघको योजना छ । छोटा–छोटा दूरीमा फरक भू–बनोट, हावा–पानीका लागि विश्व समुदायमा परिचित नेपालले पनि समय–समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नुपरेको छ । समय–समयको भूइँचालो होस् या यस वर्षको भीषण बाढी पहिरो, भौगोलिक रुपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममै छ ।
दुःखद् कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सीप र जानकारी रहेकाले हुने थप हानि र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौंकै मूलधारको खानेपानी, स्वास्थ सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षित रुपमा दूरदराजका गाउँहरूको अवस्था सहजै बयान गर्छ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रण गर्न प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुःखदायी कुरा हो ।
अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुँईचालो आउँदा टेबलमुनि या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भुइँचालोताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुनसक्छ । अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्युनतम पूर्वतयारी पनि छैन ।फेरि प्राकृतिक प्रकोप नियन्त्रण गर्ने एकमुष्ठ जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैरसरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद, यसै कारणले पनि भूकम्पपश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील सवालमा सरकारी र गैरसरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसात् गर्न जरुरी छ ।
प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ । आउँदा पुस्तालाई यसको पूर्वतयारीप्रति सजग गराऔँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२४साउन
-
२६साउनपूर्णिमा व्रत २ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत १४ दिन पछि
-
८भदौप्रदोष व्रत १५ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १९ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस २२ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत २३ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी २४ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ २५ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २६ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २७ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २८ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २९ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस ३२ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध ३४ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध ३५ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३६ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३७ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३८ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ४२ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४६ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४७ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा/ऋषितर्पणी/क्वाति खाने दिन/संस्कृत दिवस
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata/International Day of the World's Indigenous Peoples
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- Putrada Ekadashi Vrata
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु

Liked by: