आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
असोज शुक्ल दशमी
विजया दशमी | अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस | विश्व हातधुने दिवस

माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान १० बजेर २ मिनेट मानिएको छ ।
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दसैँ । यस वर्षको दसँैको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिषसहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लत्पतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईंलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईं सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसँैको उर्जायुक्त रङ्गले छोएको छ ।
यो पावन पर्व हिन्दू धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दूहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्रता र सामीप्यतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
वैदिक सनातन धर्मानुयायीहरूले दसँैको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन् रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असूरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषमा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थः
ॐ
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशिर्वाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सार्मथ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिषले जीवनमा उर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र शोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !
ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि संघारभित्रका अक्षताहरूमा लक्षिण बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !!
देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।
नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी बिसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक बिसर्जन गरिन्छ । आजका दिन बिसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।
माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन बिसर्जन गरेर प्रसादस्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको कामबाहेक आयआर्जनमूलक काममा सहभागिता गराई गरिबी न्युनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को महत्वपूर्ण उद्देश्य हो । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम शुरु भएको हो ।
नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस बि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकाले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्वपूर्ण प्रतिनिधि हुन् भन्ने राष्ट्र संघको नीति छ । नेपाल जस्ता विकासोन्मुख देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।
ग्रामीण अर्थव्यवस्थाको विकासका लागि समेत महिलाहरूले ठूलो योगदान गरेका हुन्छन् । खासगरी अन्न–बाली उत्पादन पशुचौपाया पालन घरेलु श्रमको व्यवस्थापन तथा जल र खाद्यान्न व्यवस्थापनमा महिलाको महत्वपूर्ण योगदान हुन्छ । यसका साथै घर–परिवारमा रहेका बालबालिका जेष्ठ नागरिक र बिरामीहरूको स्याहारमा सबैभन्दा ठूलो जिम्मेवारी महिलाले सम्हालेका हुन्छन् ।
यिनै भूमिकाहरूका कारण महिलालाई परम्परागत जिम्मेवारीका साथ खुल्ला अवसरहरूमा समान सहभागिताको औचित्य पुष्टि भएको छ । नेपालमा महिला सहभागिताको आवाज निकै बुलन्द बनेको छ । शहरी क्षेत्रमा मात्रै हैन, गाउँ–घरमा पुग्ने साना–साना विकास निर्माणका योजनाहरूमा समेत महिलालाई अनिवार्य सहभागी गराउनुपर्ने नीतिगत व्यवस्थाले ग्रामीण महिलाहरूमा जागरुकता ल्याएको छ ।
चुलो–चौकामा सीमित रहेका महिलाहरूलाई बाहिरी परिवेशबारे जान्ने अवसर मिलेको छ । जबसम्म ग्रामीण महिलाहरूको विकासका लागि प्रयासहरू गरिँदैन, तबसम्म देशको विकास हुँदैन । हाम्रो जस्तो देशको विकासका लागि आधाभन्दा बढी संख्या रहेका महिलाहरूको विकास नभई नहुने पक्ष हो । त्यही भएर ग्रामीण महिलाको समग्र विकासका लागि मानिसहरूमा चेतना जगाउन पनि यो दिवस मनाउनु अत्यावश्यक भएको हो । महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरू कायमै छन् । त्यही भएर हरेक निकायमा महिला र पुरुषको समतामूलक सहभागिताविना राष्ट्रको सन्तुलित तथा दिगो विकास स्वीकार्नै सकिँदैन ।
लैंगिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चत हुनु अत्यावश्यक छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । अनेक आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रूपमा मनाएको थियो ।
त्यसैगरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई ‘महिला दशक’ घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैंगिक समानता, प्रवद्र्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यन्वयन गरिँदै आएका छन् ।
विश्व हातधुने दिवस
विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि संक्रमणहरूका कारण लाखौँले मृत्यु भोगिसकेको तथ्याङ्कले भन्छ । स्मरणरहोस्, अझ पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्छ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडौँको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।
खाना खानुअघि, खाएपछि, शौचालय प्रयोगपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्नु जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मिचीमिची धुन जरुरी छ ।
विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडा–पखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडा–पखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा थियो । तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै हुन्छ ।
यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वास्थ्यपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैरसरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यो दिवस भव्यताका साथ मनाइन्छ ।
विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छ– शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि, पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामीहरूलाई भेट्नुअघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि ।
हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने ।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुवै हत्केलालाई एकआपसमा दलेर औलाका कापसम्म साबुन पुर्याउने
यसरी धुँदा हातको पछाडि, नङका मुनि, औँलाका काप र नाडीसम्म मिच्ने
यसरी धुँदा औंलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनिका सुष्म जिवाणुहरू पनि पखालेर सफा हुनेछन् ।
धारा खोलेर साबुनका हरेक अशंहरू पखाल्नु पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरू सबैतिर हुन्छन् । हामी यी किटाणुहरूलाई देख्न सक्दैनौं । यी किटाणुहरूले हामीलाई बिरामी पार्छन् । साबुन–पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँछ । हात नधोएकै कारण अनेकन रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नुभन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु नै बुद्धिमता होला ।
–––
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी

Liked by: