आउँदा दिनहरु
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ४ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ५ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ६ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ९ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ११ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १४ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १५ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १६ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १९ दिन पछि
-
७जेठसोम प्रदोष व्रत २० दिन पछि
-
८जेठनृसिंह जयन्ती २१ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २८ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३० दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३१ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३२ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३६ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३७ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३८ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४० दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४३ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४५ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५१ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५२ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- Nrisingh Jayanti
- Buddha Jayanti / Ubhauli Parwa/ Chandeshwari Jatra/ Chandi Poornima/Kurma Jayanti/ Gorakhnath Jayanti/Poornima Vrata/Baisakh Snan Samapti
- गणतन्त्र दिवस
- बुद्ध जयन्ती / उभौली पर्व / चण्डेश्वरी जात्रा/ चण्डी पूर्णिमा/कुर्म जयन्ती / गोरखनाथ जयन्ती/पूर्णिमा व्रत/बैसाख स्नान समाप्ति
- नरसिंह जयन्ती
- मनको कथा
- भूल अचेल
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
भदौ शुक्ल चतुर्दशी*
संविधान दिवस | इन्द्रजात्रा | अनन्त चतुर्दशी
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक बधाई तथा शुभकामना । यस अवसरमा मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन पनि अर्पण गर्दछौं ।
पार्टीगत रूपमा अत्यन्त किँचलो भएको वर्ष २०७७–२०७८ मा नेपाली संसद र नेतृत्वले संविधानको मूल मर्मलाई खासै जगेर्ना गर्नै सकेन । संविधान विपरित दुई पटक प्रतिनिधि विघटन, सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना, अध्यादेशको राजनीति, विरोध समय बित्यो । अनि दलीय गुटबन्दी, पार्टी विभाजन र सरकार परिवर्तनसम्बन्धी समीकरण निर्माणमै दिन बितिरहेका छन् । फेरि अमेरिकी सहयोग नियोग एमसीसीको विषयमा भएका बहस र राष्ट्रियताका मुद्दाले संविधानलाई अड्को थापेको अवस्था छ ।
‘सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेको थियो ।
यसपालाको संविधान दिवस अलिक भिन्न परिवेशमा उभिएको छ । संघीय गणतन्त्र नेपालको हरेक तहको निर्वाचनपछि बहुमतका साथ नेकपाको संसदमा उदय भएको थियो । त्यो बहुमतको सत्ताले यो चौथो वर्ष टेक्नै लाग्दा राजनीतिक खिँचातानीका कारणले एकाएक परिवर्तन हुन पुग्यो । सत्तारुढ दल विभाजनका कारण बहुमतीय सरकार विस्थापित हुन पुगेको हो ।
यतिखेर गठबन्धनको सरकार सत्तामा उक्लेको छ । सरकारका कदम अनि प्रवृत्तिले नेपालीजनका लागि संवैधानिक व्यवस्था र लोकतन्त्रको पुर्नख्याख्या गर्छ नै ।
विभिन्न प्रगतिका द्योतकहरू र कोशेढुंगाको प्राप्तिसँगै अनेकन बाधा, प्रकरण र मुद्दाहरूका साथ संघीय गणतान्त्रिक नेपाल यहाँसम्म आइपुगेको छ । यस संविधान दिवसले निर्मला पन्तलाई न्याका लागि पैरवी गर्न सकोस् । भ्रष्टाचारमा संलग्न पात्रहरु सजायँका भागीदार हुन् । सुशासन र पारदर्शितायुक्त नयाँ आयाम ल्याउन सकोस् । कोभिडसँगको लडाईंमा भएका अनेकन गल्ती र भ्रष्टाचारका प्रकरणलाई पर्दा अघि ल्याउने जमर्को गरोस्, नेपालीजनलाई यस्ता धेरै कुराहरूको अपेक्षा छ ।
प्रथम संविधानसभाले तोकिएको समयमा संविधान दिन नसकेपछि दोश्रो संविधान सभाको चुनावपछि गरी नेपालको संविधान २०७२ घोषणा हुन ठूलो भूमिका खेलेको थियो । संघीय गणतान्त्रिक नेपालका रूपमा राज्य पुर्नसंरचना गर्दै ७ वटा प्रदेश अनि यसअघिका संवैधानिक राजतन्त्रका ठाउँमा गणतन्त्रलाई वैधानिक रुपमै स्थापित ग¥यो ।
अनि एकात्मक राज्य संरचनालाई संघीयतामा रूपान्तरण गरेको यस संविधानमा केन्द्र र हरेक प्रदेश संसदीय व्यवस्था ब्यवस्था अघि बढेका छन् । आफूले चाहेको लैङ्गिक पहिचानसहितको नागरिकता पाउने सहज ब्यवस्था गरेको यो संविधानले २०४७ सालको संविधान सरह मृत्युदण्डको खारेजीलाई निरन्तरता दिएको छ । छोरीहरूलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको ब्यवस्था गरेको यो संविधान हरेक प्रकारले लैङ्गिक सशक्तीकरणको पक्षमा दृढ छ । नेपाल राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रका रूपमा ब्याख्या गरेको छ ।
संविधानको प्रस्तावना भनिएको छ, ‘सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताको स्वविवेकले पटक–पटक हुँदै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दछ ।’
विश्वको शीर सगरमाथा बोकेको अनि वीर अनि विराङ्गनाको स्वर्णिम इतिहास भएको हाम्रो देश नेपालको सार्वभौमता अनि स्वतन्त्रता विश्वकै लागि एउटा उदाहरण अनि गर्वको विषय हो । नेपाली माटो र नेपालीहरू कुनै पनि देशको उपनिवेश या पराईको अधिनमा रहेको इतिहास छैन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि बाइसे र चौबिसे राज्यहरूको समग्र भू–भाग एउटा सार्वभौम अनि स्वतन्त्र देश नेपाल बन्यो । आफ्नो स्वतन्त्रता अनि सार्वभौमिकतालाई विभिन्न चरणमा कहिले राणा शासकहरूबाट त कहिले राजसंस्थाबाट खोसेर फिर्ता लिएको इतिहास पनि जीवन्त छ । चाहे त्यो ००७ साल, २०३६ सालको जनमत संग्रह होस् या २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् १० वर्षे स–शस्त्र द्वन्द्वपछिको ०६२ र ०६३ को जन–आन्दोलन नै किन नहोस् नेपालीहरूले युग र पिढी सापेक्ष ढंगको आफ्नो स्वतन्त्रताको नयाँ खाका कोरिरहेका छन् ।
संविधानको प्रावधान अनि मर्म अनुरूप आज कुनै पनि नेपालीले लिङ्ग, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा विभेद सहन गर्नुपर्ने छैन् । अब त झन् विकास अनि समृद्धिका लागि प्रदेश र स्थानीय तहहरूलाई संविधानतः अधिकार प्राप्त छ । सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ ले सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै; बहु–जातीय, बहु–भाषिक, बहु–धार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधतबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकासहितको कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिवद्धता राख्दछ ।
संविधानले भविष्यको आवश्यकता र पिँढी दर पिँढीको चाहनालाई प्रतिविम्बित गर्दछ । यस संविधानका पनि केही प्रावधानप्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका हैनन् । तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमतिमूलक नहुन पनि सक्छ । अनेक असमान्यस्थितिका बाबजुद विश्व इतिहासमै एउटा दुर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको हस्ताक्षरमा संविधान घोषित भएको हो । संविधानसभामा कायम ५९८ सभासदरुमध्ये सहमतिमा ५०७ जना सभासद्को हस्ताक्षर संविधानमा परेको छ । यो संविधानप्रति २५ असहमत सभासद् तथा ६६ सभासदले संविधानको निर्णायक मतदान अस्वीकार गरेका थिए ।
विश्व मानचित्रमा आजको मितिसम्म अधिकांश समुन्नत राष्ट्रहरू संवैधानिक तर्कहरूमा एकै पटकमा सर्व–सहमतिमा पुगेका हैनन् । संविधानप्रतिको असहमति सामान्य प्रक्रिया हो र असहमति नै थप परिष्कृत भएर निखारिने अझ राम्रो मौका पनि हो । संविधानले असहमत नागरिकका मुद्दाहरूलाई पनि सम्वोधन गर्दै हाम्रो अनि राम्रो संविधान बन्न सकोस् अनि समस्त नेपालीजनमा विकास र भातृत्वको लहर छाओस् ..
नेपालीजनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपालीपनको रातो र निलो छाताभित्र सबै जना अटाउन सकौँ । विधिको शासन होस्, विधि–प्रक्रिया अनि न्याय सरोवर होस् ।
समानता यस्तो होस् कि गाई पाल्ने को ढुंग्रोभरि मोही होस् । ठेकीभरि दही होस् अनि मानाभरि घिऊ ।
गरी खान पाइयोस्, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरू माफियातन्त्रबाट माथि होस् । सबैको एउटै आवाज होस् ।
मेरो नेपाल प्यारो छ ।
इन्द्रजात्रा
काठमाडौँ एउटा इतिहासै इतिहासको शहर हो । देवादीदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरबासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।
संसारका धेरै विकसित मानिने राष्ट्रहरू विश्व मानचित्रमा अस्तित्व नै नभएको शताब्दीयौँ अगाडि काठमाडांैले आफ्नो हरेक चोक चौराहमा बेग्लै महत्व बोकेको मठ–मन्दिर, सभ्यताका फरक देवलहरू, बाहाल तथा विहारहरू र समानताका लागि न्यायोचित न्याय प्रणालीसँग समाज विकासका आधारहरू तैयार गरिसकेको थियो ।
काठमाडौंको माटो र आवुहवामा सभ्यता र शान्तिको एउटा स्वाद छ । अनि काठमाडौं देवता र मन्दिरको मात्र शहर नभई विविधतासहितका अनेक चाडवाड र प्राचीन सभ्यताको शहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा ‘येँया पून्ही’, काठमाडौं शहरको प्राचीन बस्ती बसन्तपुरमा मनाइने सबैभन्दा ठूलो चाडहरूमध्ये एक हो ।
शुरु गरौँ किंवदन्तीबाट जसका अनुसार स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालाई बसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौं शहरमा आएर बगैँचाको मालीलाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसीबीच सडकमा बाँधेर ढालेपछिको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ ।
काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ । यसरी आफ्नो खातिर काठमाडौंबासीले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किँवदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।
नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष ‘यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी–देवतासँग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रहिआएको छ । अनुहारमा विभिन्न देवी देउताका ’ख्वापाः’ (अर्थात् मुखौटा) लगाई नेवार समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाका लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ‘योंसी’ समेत भनिन्छ । उक्त लिङ्गोलाई बसन्तपुर दरवार स्क्वायरस्थित हनुमानढोकामा अवस्थित विशाल काल–भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजा आजाको प्रक्रियापश्चात् लिङ्गो ठड्याइएपछि ‘इन्द्रध्वजोत्थान’ सम्पन्न हुन्छ । प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।
यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ । लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।
लिंगो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधून बजाएर यस महत्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा वर्षमा एक पटक हनुमानढोका दरबार क्षेत्रस्थित श्वेतभैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आजा गर्ने गरिएको छ । काठमाडौंमा दशौं शताब्दीका लिच्छवीकालीन राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा शुरूवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौंका बुद्धमार्गी नेवार समुदाय र हिन्दू मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।
सनातन् र पुरातात्विक महत्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मिकी रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत्संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।
पुराणमा उल्लेख भएनुसार, प्राचीनकालमा देवता र असूरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो ।
स्वर्गलोग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धिका लागि इन्द्रध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।
साथै लिङ्गो ठड्याइएको तीन दिनपछि बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र आकाश भैरव (सवभकु)को समेत रथयात्रा गर्ने परम्परा रहिआएको छ । आठ दिनसम्म राजधानीको हलचोक (भक्कुनाच हलचोक)को आकाश भैरव, भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा (किलागलको पुलुकिसी) पुलुकिसी नाच नचाउने परम्परा रहिआएको छ । साथै यस विशेष आठ दिने अवधिमा कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिएको छ ।
काठमाडौंबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।
लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन ‘क्वहने याः’ भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।
इन्द्रजात्राको विभिन्न प्रक्रियागत् सांस्कृतिक विधिहरू अन्तर्गत् बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो–बत्ती बालेर नगर परिक्रमा गरिन्छ । यसरी आयोजन गरिने दियो–बत्तीसहितको विशेष जात्रा काठमाडांैका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णी अर्थात् इन्द्रजात्राको चौथो दिन ‘थहने याः’ भनी शाक्य बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधबार तल्लो टोल (दक्षिण) र बिहीबार माथिल्लो टोल (उत्तर)मा परिक्रमा गराइन्छ ।
सोही दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भुवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गरिन्छ । उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौं नगरबस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजाअर्चना गर्दै दियो दान गर्ने परम्परा छ । उक्त मूर्ति नेपाल सम्वत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए । यसै दिनदेखि घरघरमा काठले बनेको दलुचा (झ्यालमा झुण्ड्याउने एक प्रकारको दियो) झुण्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन रहिआएको छ ।
यस विशेष दिन नेवार समुदायका मानिसहरूले ‘सम्यबजी’ (चिउरा, रांगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, सागमिश्रित विशेष खाजा) खाने चलन छ । यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन ‘नानिचा याः’ भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ ।
यसरी विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा हर्ष र उत्साहका साथ मनाउँदै आएका छन् ।
नेपाली मौलिक सांस्कृतिक विविधतासहितका विभिन्न महत्वपूर्ण पलहरू झैँ विशेष महत्व बोकेको इन्द्रजात्राका प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पालादेखि चलिआएको छ । कान्तिपुर (काठमाडौं)का अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ । हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्ने प्रचलन निरन्तर छ ।
नेपालका राष्ट्रप्रमुख, राष्ट्रपतिले पनि कुमारी जात्रा अवलोकन गर्ने चलन छ । नेवारीमा काठमाडांै अर्थात् ‘येँ’, ललितपुर अर्थात् ‘यल’ अनि भक्तपुर अर्थात् ’ख्वप’ लगायत कीर्तिपुर, दोलखा, बनेपामा इन्द्रजात्राको रौनकको विशेषता भिन्नाभिन्नै छ । पुस्ताँैदेखि चलिआएको यस्तो जात्रा र पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कारको अद्भूत संगमको इतिहास बोकेको छ ।
कृषि सुहाउँदो यो मौसममा उपलब्ध विशेष कुहिरोलाई इन्द्रको उपहारका रूपमा काठमाडौंबासीले लिएको कुरा पनि इन्द्रजात्राले ब्याख्या गर्दछ । शताब्दीयौँ पुरानो यी जात्राहरू निरन्तर रूपमा चलिआएका छन् । बसन्तपुर दरबार स्क्वायर अनि मठ–मन्दिर अगाडि प्रदर्शन हुँदै आएका यी जात्राहरू मनाउन भुइँचालोपश्चात् मठ, मन्दिरहरू पहिलेको अवस्थामा छैनन् । तर यस जात्रामा परापूर्वकालदेखि देखिँदै आएको काठमाडांैको जोशमा उर्जा उत्तिकै छ । यी सांस्कृतिक धरोहरहरूको पारम्परिक निरन्तरता र यसको रक्षार्थ सबैजना एकजूट हुन जरुरी छ । इन्द्रको आशिष कायम रहोस् । देशमा बालीनाली सप्रियोस् । अनि शान्तिले सबैको हृदयमा बास गरोस् ।
इन्द्रजात्राको नेपालीजनमा शुभकामना ।
अनन्त चतुर्दशी
ॐ अनन्ताय नमः
भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापुर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चर्तुदशी भनिन्छ । भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरू जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए । त्यसबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापूर्वक व्रत बस्न आग्रह गरेका थिए । भगवान श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चर्तुदशीको व्रत बसे । यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए ।
श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात् जनै पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवित) मन्त्रण नपाएकाले आजै मन्त्रणा गर्ने प्रचलन छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभफल प्राप्त हुने धार्मिक विश्वास छ । यसरी बाँधिने धागोलाई ‘अनन्त सूत्र’ भन्ने गरिन्छ । यस सूत्रमा हुने चौधवटा गाठोलाई चौधवटा लोकको प्रतीक मानिन्छ । यो सूत्र पुरुषहरूले दाहिने हातमा बाँध्ने गरेका छन् भने महिलाहरूले यसलाई बाया हातमा बाध्ने गर्छन् । हिन्दू धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नु उत्तम मानिन्छ ।
पूजा विधि
आज प्रातःकालमा स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नुपर्छ । सर्वप्रथम कलश स्थापना गरी त्यसमा अष्टदल बनाएर राख्ने अनि कुशको अनन्त भगवान बनाएर स्थापना गर्नुपर्छ ।
कलशसमक्ष चौध गाठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान अनन्तनाथ (भगवान विष्णु) को शुद्ध चित्तले पूजा आराधना गर्नुपर्छ । तत्पश्चात धूप, दीप, नैवेद्य र अक्षता लिएर भगवान अनन्तको पूजा गर्नुपर्छ । अन्त्यमा आफूले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ । पूजापछि कलशसमक्ष राखेको अनन्त सूत्र आफूले बाँध्नाले अनन्त भगवान प्रसन्न भइ शुभ फल प्रदान गर्ने मान्यता छ । खासगरी अनन्त चर्तुदशीको पूजा दिउँसोको समयमा गर्नुलाई उत्तम मानिन्छ ।
––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल ।
आउँदा दिनहरु
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ४ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ५ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ६ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ९ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ११ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १४ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १५ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १६ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १९ दिन पछि
-
७जेठसोम प्रदोष व्रत २० दिन पछि
-
८जेठनृसिंह जयन्ती २१ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २८ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३० दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३१ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३२ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३६ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३७ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३८ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४० दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४३ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४५ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५१ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५२ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- Nrisingh Jayanti
- Buddha Jayanti / Ubhauli Parwa/ Chandeshwari Jatra/ Chandi Poornima/Kurma Jayanti/ Gorakhnath Jayanti/Poornima Vrata/Baisakh Snan Samapti
- गणतन्त्र दिवस
- बुद्ध जयन्ती / उभौली पर्व / चण्डेश्वरी जात्रा/ चण्डी पूर्णिमा/कुर्म जयन्ती / गोरखनाथ जयन्ती/पूर्णिमा व्रत/बैसाख स्नान समाप्ति
- नरसिंह जयन्ती
- मनको कथा
- भूल अचेल
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
Liked by: