International Day for the Abolition of Slavery | अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस | २०७८ मंसिर १६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Nov/Dec 2021
    २०७८ मंसिर
    १६
    बिहिवार
    Dec 02, 2021
    मंसिर कृष्ण त्रयोदशी
    अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस ( International Day for the Abolition of Slavery )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस




    अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस विशेष अडियो सामग्री

    आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रुपमा मान्ने गरिएको छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरु दासताको शिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांकअनुसार ४ करोडभन्दा बढी मानिसहरु विश्वभर आधुनिक दासताको शिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रुपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रुप मानेर लिने गरिन्छ ।

    संयुक्त राष्ट्रसंघले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रुपमा मनाउन थालेको हो । राष्ट्रसंघले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

    अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर जंगबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँगाउँमा पनि विभिन्न स्वरुपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरु चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।

    नेपालमा केही वर्षअघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गथ्र्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरु गाउँगाउँमा पुर्याउन सकिने हो भने दासताका अनेक स्वरुपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।

    दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । हामीले मानवअधिकारको सुनिश्चितताका लागि सधैं आवाज उठाउनु पर्छ । हाम्रो पात्रो परिवार आजको दिन दासताका कुनै पनि स्वरुपमा हामी नलागौँ भन्ने प्रण गर्न अनुरोध गर्दछ । सबैलाई शुभकामना ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.