Bala Chaturdashi Barta/ Shatbij Chharne Din/International Day of Disabled Persons | बाला चतुर्दशी व्रत /शतबीज छर्ने/अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारी मात्र) | २०७८ मंसिर १७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Nov/Dec 2021
    २०७८ मंसिर
    १७
    शुक्रवार
    Dec 03, 2021
    मंसिर कृष्ण चतुर्दशी
    बाला चतुर्दशी व्रत /शतबीज छर्ने/अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारी मात्र) ( Bala Chaturdashi Barta/ Shatbij Chharne Din/International Day of Disabled Persons )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    बालाचतुर्दशी | शतबीज छर्ने दिन | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस




    बाला चर्तुदशी | शतबीज छर्ने विशेष अडियो सामग्री

    आजको तिथिमा पितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरुको भीडभाड हुने गर्छ ।

    हिजो रातभर जाग्राम बसेर, भजनकीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात आज विहान शतबीज छर्ने चलन रहेको छ । शतबीजमा सप्तबीज हुन्छ ।

    आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दू धर्म मान्नेहरुले आफ्ना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरुलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शतबीज छर्ने गरिएको हो ।

    मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दू धर्मालम्बीमा रहेको छ ।

    शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तील, चना, मकै पनि शतबीजमा प्रयोग गर्ने गरिन्छ । मंसिर कृष्ण त्रयोदशीको दिन पितृहरुको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शतबीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शतबीज छर्नका लागि शिवालयनजिकका जंगलहरुलाई छान्ने गरिन्छ । काठमाडौंमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाट, श्लेषमान्तक वन, चतरा, बराहक्षेत्र, सेतीवेणी धाम, देवघाटलगायतका स्थानहरुमा शतबीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

    शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।

    बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरु खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरुले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

    उनीहरुको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेषमान्तक वनमा गएर भगवना शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतबीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शतबीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

    साथी बालाको हत्या नगरि उनलाई सहज रुपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसैकसैले मित्रताको उदाहरणको दिनका रुपमा पनि लिन्छन् ।

    आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरुको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।

    अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवस


    ३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

    सन् २००७ सम्म यसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो । प्रत्येक वर्ष यो दिवसले विभिन्न विषयमा आफूलाई केन्द्रित राख्छ । तर, विषय वा शीर्षक जे भए पनि यो दिनको खास उद्देश्य हो– अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरुको समाधान निकाल्न प्रयास गर्नु ।

    सन् २०२१ को आजको दिन यो दिवसको मूल नारा रहेको छ– पोस्टकोभिड समयमा अधिकारका लागि लडाइँ । दुई वर्षदेखि पूरै विश्व महामारी कोभिड १९ सँग लडिरहेको छ । यो समयमा अरु सबै जनाजस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि चुनौति थपिएका छन् । यही विषयलाई मध्यनजर गर्दै आजको दिन उनीहरुको अधिकारका लागि विशेष कार्यक्रमहरु गरिन्छ ।

    केही वर्ष पहिलेसम्म नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई अलिक फरक नजरले हेर्ने गरिन्थ्यो । कतिपयले रुढीवादी अन्धविश्वासका कारण पनि यस्तो फरक सोच राख्ने गरेका थिए । तर, अब विस्तारै सहरहरुमा अपाङ्गमैत्री संरचना बन्न थालेका छन्, अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि नयाँ निर्माणहरुमा सहज कसरी बनाउने भन्ने सोच्न थालिएको छ, उनीहरुले विशेष अवसर पाउन थालेका छन् । हामीले आजको दिन नेपालका गाउँगाउँसम्म यो सन्देश लैजानु आवश्यक छ ।

    हाम्रो पात्रो परिवार आजको दिन सबैलाई समान अवसर मिलोस् भन्ने कामना गर्दछ
    ----
    हाम्रो पात्रोका लागी सुयोग ढकालले तयार पार्नुभएको ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.