आउँदा दिनहरु
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत २ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ४ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ६ दिन पछि
-
२१चैतमहावीर जयन्ती ७ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ८ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतSEE २०७९-ऐच्छिक प्रथम ११ दिन पछि
-
२६चैतSEE २०७९- ऐच्छिक द्वितिय १२ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १५ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १७ दिन पछि
-
३वैशाखवरुथिनी एकादशी व्रत १९ दिन पछि
-
४वैशाखसोम प्रदोष व्रत २० दिन पछि
-
७वैशाखमातातीर्थ औंसी २३ दिन पछि
-
८वैशाखछन्द दिवस/मत्स्यन्द्रनाथ रथारोहण २४ दिन पछि
-
९वैशाखपरशुराम जयन्ती/विश्व पृथ्वी दिवस २५ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २९ दिन पछि
-
१४वैशाखगङ्गा सप्तमी व्रत ३० दिन पछि
-
१५वैशाख
-
१६वैशाखसीता नवमी व्रत/विश्व नृत्य दिवस ३२ दिन पछि
-
१८वैशाख
-
२०वैशाखप्रदोष व्रत/विश्व प्रेस स्वतन्त्रता दिवस ३६ दिन पछि
-
२१वैशाखनृसिंह जयन्ती ३७ दिन पछि
-
२२वैशाख
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ४१ दिन पछि
-
२६वैशाखकानून दिवस ४२ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४४ दिन पछि
-
१जेठ
-
३जेठ
-
४जेठसिथि चःह्रे ५१ दिन पछि
-
५जेठबटसावित्री व्रत/शनि जयन्ती ५२ दिन पछि
-
६जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ५३ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- SEE परीक्षाकाे उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव
- वार्षिक राशिफल २०८०
- Mahavir Jayanti
- महावीर जयन्ती
- Som Pradosh Vrata/SEE 2079-Compulsory Nepali
- सोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली
- World Autism Awareness Day/SEE 2079-Compulsory Maths
- विश्व अटिजम जागरुकता दिवस/SEE २०७९-अनिवार्य गणित
- कामदा एकादशी/विश्व मूर्ख दिवस
- Kamada Ekadashi/April Fool's Day
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- SEE 2079-Compulsory English
- SEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- World Newah Day
- Book Review: Lyddie
- पुस्तक समीक्षा : कालो माला
- क्षयरोग र दन्त चिकित्सा
- An Evidence-Based Workshop on Prevalence of Digital Violence and Hate Speech in Nepal
- सडकहरु
- World Day against trafficking in person
- विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना
- Book Review: The Little Women
- पुस्तक समीक्षा : हजुरआमाकाे लाैराे
- २०८० सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फोन टप-अपमा खर्च कम गर्ने केही तरिकाहरू
- H3N2 इन्फ्लुएन्जा र उपचार
- मुख स्वास्थ्यको महत्व
- टाढै बस्छु म
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- Addressing hate speech and gender-based digital violence: A key contemporary challenge.
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- Book Review: Man’s Search For Meaning
- पुस्तक समीक्षा : पहरेदार सिन्का र बाेरा
- बिजुली खपत कम कसरी गर्ने ?
- सद्गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ?
- चोखो माया
- Fahrenheit 451
- पुस्तक समीक्षा : अपरिचित अनुहार
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- पुस्तक समीक्षा : वीर बलभद्र
- Book Review: The Hitchhiker’s Guide to the Galaxy
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- २०८० मा दशैं अनि तिहार
- Matilda
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- २०८० का शुभ साइतहरू
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- नेपाल
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी
- उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
असोज कृष्ण अष्टमी
जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
व्रतकथा
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रुख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रुखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । एकदिन गाउँका अरु महिलाहरूले जस्तै उनीहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे ।
तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरु महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखी र निराश हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।
ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवती पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षडयन्त्र गर्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन् ।
दिदीको खुशी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकी थिइन् । यो प्रसंग शिलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस् हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् ।
दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
त्यसैगरी थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई विजय अर्थात् जितका रूपमा लिँदै नवलपरासी अनि चितवनका महिलाहरूले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
झ्याम्टा नाच
प्रकृतिको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ । यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ । बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ ।
अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुन सक्ला, तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस् । सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् । जितियाको अपार शुभकामना !
अष्टमी श्राद्ध
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।
अष्टमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: