Indira Ekadashi Vrata/Ekadashi Shraddha/World Peace Day / World Alzheimer's Day/Indira Ekadashi Vrata/World Peace Day / World Alzheimer's Day/Ekadashi Shraddha | इन्दिरा एकादशी व्रत/एकादशी श्राद्ध/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस/इन्दिरा एकादशी व्रत/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस/एकादशी श्राद्ध | २०७९ असोज ५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2022
    २०७९ असोज

    बुधवार
    Sep 21, 2022
    असोज कृष्ण एकादशी
    इन्दिरा एकादशी व्रत/एकादशी श्राद्ध/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस/इन्दिरा एकादशी व्रत/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस/एकादशी श्राद्ध ( Indira Ekadashi Vrata/Ekadashi Shraddha/World Peace Day / World Alzheimer's Day/Indira Ekadashi Vrata/World Peace Day / World Alzheimer's Day/Ekadashi Shraddha )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    इन्दिरा एकादशी व्रत | एकादशी श्राद्ध




    इन्दिरा एकादशी व्रत विशेष अडियो सामाग्री

    पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औंसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ । हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी ब्रत लिंदा समस्त पित्रीहरुको नर्कबाट उद्दार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।

    पौराणिक कथन अनुसार सत्ययुगमा महिष्मति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको राज्य थियो । ति राजा पुत्रपुत्री सहित धनसम्पतिले भरिपूर्ण र शत्रुहरुसंगअपराजित थिए । एकदिन इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिकोआगमन भयो । नारदको आउनु भएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए । नारदले आफुले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्चचकित भए । नारदले त्यसको सविस्तार बताईदिए । इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको ब्रतलाई पुरा गर्न नसकि बिचैमा छाडेकाकारण यमलोकको बास भएको नारदले बताईदिए ।

    नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए । नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् ।


    यसका साथै एकादशी तिथीमा श्राद्ध परेका पितृहरुको श्राद्ध पनि आज गरिन्छ, सकल पितृहरुको मोक्षको कामना, बैतर्नी नदिको कृपा र सार सदैब रहोस् ।
    ----
    हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.